अब खुला ठाउँमा यौनकार्य गरे एक बर्ष कैद हुने

काठमाडौ । सार्वजनिक स्थलमा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने भएको छ ।

मुलुक अपराध (संहिता) ऐन २०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको हो, जुन आगामी भदौ १ गतेबाट कानुनका रुपमा लागू हुनेछ ।

‘कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौनक्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नुहुँदैन’ भनिएको छ ।

यसो गरे १ बर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । आजको नेपाल समाचारपत्रमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..