
काठमाडौं । रुसमा जारी २१ संस्करणको विश्वकप फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि सकिँदैछन् । दोस्रो चरणका अहिलेसम्मको नतिजाअनुसार रुस, उरुग्वे, फ्रान्स र क्रोएशियाले नकआउट चरणमा स्थान बनाइसकेका छन् ।
समूहको दोस्रो चरणको अन्तिम ३ खेल आज हुनेछ । साँझ पौने ५ बजे समूह जी का इंग्ल्याण्ड र पानामा भिड्दैछन् । पहिलो खेलमा जित हासिल गरेको इंग्ल्याण्डले यस खेलमा पानामालाई हराएमा नकआउट चरणमा पुग्नेछ । नेपाली समय अनुसार साँझ ५ : ४५ मा इंग्ल्यान्ड र पानामा प्रतिस्पर्धा गर्न लागेका हुन् ।