बजेट बनाउन छाडेर विदेश

ललितपुर। ललितपुर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बजेट बनाउन छाडेर विदेश भ्रमणमा छन् ।

यसले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार महानगरपालिकाले असार १० भित्र पारित गरिसक्नुपर्ने आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सोमबार पनि गर्न सकेनन् ।

चैत १५ भित्र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले वडा समिति, विषयगत शाखा तथा महाशाखामा पेस गर्नुपर्ने बजेट झण्डै तीन महिनापछि बुधबार मात्र पेश गरिएको थियो ।

यसले वडामा समयमै बजेट सिलिङ पठाउन नसक्दा जनताको घरदैलोमा पुगेर योजना संकलन गर्न सकेनन् ।

यसवर्ष वडास्तरीय योजना तर्जुमा गर्न कठिनाइ भएको छ । बजेट बनाउन प्रमुख, उपप्रमुख, वडाध्यक्ष र शाखा प्रमुखहरुको मुख्य भुमिका रहन्छ ।कान्तिपुरको पृष्ठ ५ मा समाचार छापिएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..