अचम्मको बिहे ! एकैपटक भित्र्याए एउटै बेहुलाले तीनवटी श्रीमती

एजेन्सी । जुनसुकै धार्मिक संस्कारले बिकृति, बिसंगति जस्ता कुराहरुलाई अलग नै राख्छ। तर धर्मको नाममा, संस्कार र संस्कृतिको नाममा बिकृति फैलाउनेहरु भने कलंक नै हुन्।

धर्मको नाममा कलंक भएजस्तै भारतको राजस्थानमा अनौठो घटना भएको छ। जुन घटना विश्वमा नै भाइरल बनेको छ। विवाहको मण्डपमा एउटै पुरुषले तीनजना महिलासँग बिहे गरेका छन्।

आदिवासी समुदायका ३३ वर्षीय नक्काल कसौटिया नाम गरेका व्यक्तिले आफूसँग लिभइन रिलेसनमा रहेका भन्दै ३ वटै महिलासँग बिहे गरेका छन्।

पोलियोग्रस्त नक्काल एकजना महिलासँग १२ वर्षदेखि लिभइन रिलेसनमा थिए भने अर्कीसँग ८ वर्षदेखि लिभइन रिलेसनमा थिए। त्यस्तै तेश्रो महिलाचाहिँ उनको प्रेमिकाकी बहिनी हुन्। तेश्री प्रेमिका गर्भवती भएपछि उनले बिहे गर्ने निधो गरेका थिए।

समाचार अनुसार नक्कालको जीवनमा सबैभन्दा पहिले कतुम्बाई नामकी महिला आइन्। त्यसपछि त्यसै गाउँकी पुनकी नाम गरेकी युवतीसंग उनको माया बस्यो। पुनकी र कतुम्बाई दुबैजना नक्कालसँगै बस्दै आएका थिए। तर दुवैजनाबाट सन्तान भएनन्।

त्यसपछि नक्कालले एक वर्षअघि आफूभन्दा ५ वर्ष कान्छी युवती रेखासँग हिमचिम बढाए र तीनैजना संग एउटै मण्डपमा विवाह गरेका हुन्। गत जुन २० का दिन नक्कालले आफ्ना तिनै जना प्रेमिकासँग सबै परिवारजनको उपस्थितिमा एउटै मण्डपबाट बिहे गरेका थिए।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..