प्रदेशसभा सञ्चालन प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाइने

नेपालगञ्ज।  प्रदेश नं. ५ प्रदेशसभा सञ्चालन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

प्रदेशसभा सचिवालयले आज यहाँ आयोजना गरेको सञ्चार अन्तरक्रियाका सहभागीहरुले प्रदेशसभाको गतिविधि पारदर्शी हुनुपर्ने, सूचनाको प्रवाह निरन्तर भइरहनुपर्ने, सञ्चारकर्मीका लागि समाचार संकलन सहज बनाउनुपर्ने, समय समयमा प्रदेशभरिका सञ्चारकर्मीलाई संसदका समाचार संकलन र लेखनका विषयमा अभिमुखीकरण गराइनुपर्ने सुझाव दिएका थिए ।

सो अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले नेपालगञ्जलाई प्रदेश सरकारले विकास र समृद्धिको केन्द्रमा राखेको बताउनुभयो ।

उपसभामुख कृष्णा चौधरीले अहिलेसम्म प्रदेशसभाबाट चार वटा विधेयक पारित भइसकेको जानकारी दिदैं संसद गतिविधिको समाचार लेख्दा यसको प्राविधिक पक्ष, शब्दावलीलाई बुझेर मात्र लेख्न सञ्चारकर्मीलाई आग्रह पनि गर्नुभयो ।

प्रदेशसभा सदस्य आईपी खरेलले प्रदेश सदस्यको भूमिकाबारे आप्mनो अनुभव सुनाउनु भएको थियो भने प्रदेशसभा सचिवालयका सचिव डा मानबहादुर विक र प्रवक्ता ईश्वरीप्रसाद शर्माले शुरुवातदेखि अहिलेसम्म प्रदेशसभाका गतिविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..