नेमारको गोलले ब्राजिलले मेक्सिकोकोमाथि अग्रता लियो

काठमाडौं । नेमार जुनियरको गोलले ब्राजिलले मेक्सिकोमाथि एक गोलको अग्रता लिएको छ । खेलको ५१ औं मिनेटमा विलियन शिल्भाको क्रस पासमा नेमारले आकर्षक गोल गरेका हुन् ।

दोस्रो हाफको खेल जारी छ । मेक्सिको खेलमा फर्कने प्रयास गरिरहँदा ब्राजिल गोललाई दोब्बर बनाउने प्रयत्न गरिरहेको छ । आजको खेलमा पराजित हुने टोलीको विश्वकप यात्रा अधुरो बन्नेछ । विजयी टोली क्वाटर फाइनलमा प्रवेश गर्नेछ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..