यस्तो ठाँउ जहाँ ८०० मिटर लामो डर लाग्दो भिर चढेर स्कुल जान्छन् ! (भिडियो सहित)

एजेन्सी । चीनलाई विश्वकै एउटा वलियो शत्तिको रुपमा लिइन्छ । चीनको विकासलाई विश्वभरका मानिसहरुले नै प्रशशां गरेको अवस्थामा त्यहाँ पनि यस्तो एउटा गाँउ छ जुन गाँउको अवस्था हेर्दा चीनको विकास नै नभएको जस्तो भान हुन्छ ।चीनको एक गाउँका १५ वटा स्कुलका छ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाहरु ८०० मिटरको अग्लो पहाडको उकालोमा खतरा मोल्दै विद्यालय जान्छन् । सिचुआन प्रान्तको अतुलर गाउँका बालबालिकालाई विद्यालय जान यस्तो ढुगांको चट्टाने उकालोमा करिब ९० मिनेटको जोखिमपूर्ण उकालो चढ्नुपर्छ ।उकालो चढ्नका लागि काठले बनेको भर्याङ भएपनि सानो गल्ति भएमा उनीहरुको जीवन नै जाने सम्भावना हुन्छ । ती भर्याङहरुका केहि काठहरु कमजोर भएका पनि त्याहाँका वासिन्दाहरु वताउछन् । अहिलेसम्म यो उकालो ओरालोमा आठ जनाको लडेर ज्यान गइसकेको जनाइएको छ । यो गरीब वस्तिमा जम्मा ७२ घरपरिवारहरु वसोवास गर्दछन् । यहाँको मानिसको आम्दानिको स्रोत पनि केहि छैन । तर ओखरका वोटहरु भने यहाँ प्रशस्त मात्रामा पाइन्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..