यी हुन् बच्चीलाई ‘स्तनपान’ गराउने ‘पहिलो’ पुरुष

तारिख २६ जुन २०१८ । अमेरिकाको विस्कान्सिन निवासी एउटा परिवारको घरमा एउटा शिशु जन्मनेवाला थियो । अस्पतालमा त्यो रात मात्र आमाका लागि मात्र अलग थिएन, पिताका साथ पनि केही यस्तो भयो जुन उनले कहिल्यै सपनामा पनि सोचेका थिएनन्।

एप्रिल न्युबार्सको डेलिभरी यति सामान्य थिएन, किनभने उनको ब्लड प्रेशर निकै उच्च थियो । उनी लामो समयदेखि प्रि–एक्लेन्पसियाबाट पीडित थिइन् । यो रोग गर्भवती महिलाहरुलाई मात्र हुन्छ । डेलिभरीका क्रममा उनको अवस्था यति खराब भयो कि सिजेरियन डेलिभरी गराउनु पर्ने भयो।

अबेर राति एप्रिलले छोरी जन्माइन् । छोरीको नाम रोजेली राखियो । जन्मने बेला रोजेलीको तौल ३.६ किलो थियो ।

तर छोरीको जन्मपछि नै एप्रिललाई अर्को स्वास्थ्य समस्या सुरु भयो र थप उपचारका लागि उनलाई अस्पतालको अर्को कक्षमा पठाइयो । यो सबै कुरा यति छिटो भयो कि उनी आफ्नो नवजात शिशुलाई काखमा लिन पनि पाइनन् ।

निप्पल लगाएर ब्रेस्टफिड

जब नर्सले शिशुकी आमा भेटिनन् तब उनले रोजेलीलाई उनको पिता मैक्समिलियनलाई दिइन् । पिता मैक्समिलियनले बीबीसीसँग भने–एक जना नर्स आफ्नो काखमा हाम्री सुन्दर छोरी लिएर आइन् । हामी नर्सरीतर्फ बढ्यौं । म एउटा स्थानमा बसेँ र आफ्नो छोरीलाई सर्ट खोलेँ ताकि म उनको स्पर्श महशुस गर्न सकूँ ।

‘नर्सले भनिन् कि मैले छोरीलाई केही दिनुपर्नेछ र औलाबाटै दुध खुवाउनुपर्नेछ, कम्तीमा सुरुवात त गर्नैपर्नेछ ।’

‘यसपछि नर्सले मसँग सोधिन् कि के म आफ्नो छातीमा एउटा निप्पल लगाएर साँच्चिकै ब्रेस्टफिड गराउन मन पराउँछु । म यो कोशिस गर्नका लागि तयार भएँ र भनेँ, किन नहुने ?’

कसरी गराए ब्रेस्टफिड

नर्सले एउटा ट्युबको सहयोगबाट एउटा प्लास्टिक निपललाई मेरो छातीमा टाँसी दिइन् । यो ट्युब फर्मुला दुधले भरिएको एउटा रिसिन्जमा जोडिएको थियो। ‘मैले कहिल्यै पनि यस्तो गरेको थिइनँ र यस्तो गर्ने विष्यामा सोचेको पनि थिएन। म कुनै बच्चीलाई ब्रेस्टफिड गराउने पहिलो व्यक्ति थिएँ ।’

‘मेरी सासुले जब यो देखिन् तब उनलाई विश्वास नै भएन ।’

‘केही समयमा मलाई आफ्नो छोरीका साथ जुडाव महशुस हुन लाग्यो । मैले उसलाई काखमा राखेको थिएँ र लगातार कोशिस गरिरहेको थिएँ कि उनलाई ब्रेस्टफिड गर्न समस्या नहोस्।’

मैक्समिलियनले आफ्नो फेसबुक एकाउन्ट र इन्स्टाग्राममा आफ्नो यो अनुभव शेयर गरेका छन् ।

उनको छातीमा एउटा ट्याट्टु बनेको छ, जसमा ममी लेखिएको छ । पोस्ट शेयर गरेपछि उनले कयौ कमेन्टस पाएका छन् । एक युजरले लेखेका छन्–ममीको ट्याट्टुको ठिक तल वास्तवमै यसले उनलाई सही सावित गरिरहेको छ ।

केहीले ती नर्सको पनि प्रशंसा गरेका छन्, जसले यो विकल्प सुझाइन् । तर केहीले यो पनि भनेका छन् कि उनीहरुलाई एक जना पुरुषले ब्रेस्टफिड गराउँदै गरेको देख्दा केही विचित्र लाग्यो ।

मैक्समिलियनको पोस्ट ३० हजारभन्दा बढी शेयर भएको छ । र त्यसमा सयौ प्रतिक्रियाहरु आएका छन् । मैक्समिलियनका अनुसार उनले मात्र त्यही गरे जुन यस्तो स्थितिमा कुनै पनि पिताले गर्न सक्दछ।बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..