नेपाली कामदार फर्काउन मलेसियामा शिविर

मलेसियास्थित नेपाली दूतावासले राजधानी क्वालालम्पुरबाहिरका दुई ठूला सहर जोहोरबारु र पेनाङमा कन्सुलर सेवा प्रवाह गर्न घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।

आगामी शनिबार जोहोरबारुस्थित बागुस सिटी होटल र पेनाङस्थित देवान हल बीएममा शिविर चलाउन लागिएको हो। दूतावासले केही साताअघि पनि ती क्षेत्रमा यस्तै शिविर सञ्चालन गरेको छ ।

मलेसिया सरकारले जारी राखेको धरपकडबाट प्रभावित अवैधानिक तरिकाले बसिरहेका कतिपय नेपाली कामदार दूतावाससम्म आउन नसकेकाले उनीहरुको सुविधाका लागि शिविर सञ्चालन गर्न लागिएको कार्यवाहक राजदूत कुमारराज खरेलको भनाई छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..