काठमाडौं । हाल भइरहेको विश्व कप फुटवल प्रतियोगितामा विभिन्न फुटबल टीमको हारजितमा विभिन्न व्यक्तिहरुसँग नगद लाभ लिने दिने गरी अवैध रुपमा सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मनाङ निसाङ गाँउपालिका-७ घर भई हाल काठमाडौं म्हेपी बस्ने ४२ वर्षीय मुखिया लामा, स्याङजा वालिङ नगरपालिका-३ घर भई हाल काठमाडौं बालुवाटार बस्ने २४ वर्षीय सुवास गुरुङ र काठमाडौ महानगरपालिका-१६ पकनाजोल बस्ने ३३ वर्षीय मुखिया गुरुङ रहेका छन् ।
उनीहरुलाई प्रहरीले शुक्रबार काठमाडौं महानगरपालिका-२७ ज्याठाबाट नगद ४ लाख सट्टा बाजी गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकाहरूका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।