बेडरुममा डान्स गरेको भिडियो सामाजिक संजालमा पोस्ट गर्दा यी युवतीले पाइन यस्तो सजाय

इरानमा एक युवतीले इन्स्टाग्राममा आफूले डान्स गरेको भिडियो अपलोड गर्दा सजायको भागेदार बन्नु परेको छ। उनलाई धार्मिक भावनालाई अपमान गरेको आरोपमा पक्राउ गरिएको छ। यद्यपी उनको समर्थनका धेरै महिला एकजुट भएका छन्। आफूले डान्स गरेको भिडियो सामाजिक संजालमा पोस्ट गर्ने अहिले अभियान नै चलेको छ।

डान्सको भिडियो पोस्ट गर्ने युवतीको नाम मैदेह होजाबरी हो। मैदेहले इन्स्टाग्राममा अहिलेसम्म ३०० भन्दा धेरै भिडियो पोस्ट गरेकी छन्।  यो भिडियोमा  मैदेहले बुर्का लगाएकी छैनन्। उनलाई करिव ५२ हजारले फलो गरेका छन्।

धार्मिक भावनामा चोट पुर्याएको भन्दै उनलाई पक्राउ गरिएको छ। मैदेहको पक्राउको विरोधका धेरै महिला सडकमा उत्रिएका छन्। उनीहरुले पनि आफ्नो डान्स भिडियो सामाजिक संजालमा पोस्ट गर्ने अभियान संचालन गरेका छन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार प्रहरीले उनको भिडियो ब्गल गर्ने र उनको इन्स्टाग्राम एकाउण्ट बन्द गर्ने तयारीमा रहेको छ।
इरानमा महिलालाई डान्स गर्न प्रतिबन्ध लगाइएकोे छ। सुरुमा बालबालिकालाई स्कुलमा डान्स सिकाइन्थ्यो। तर, १९७९ मा इस्लामी क्रान्तिपछि कानुन परिवर्तन गर्दै डान्स गर्नुलाई अपराधका रुपमा दिन थालिएको हो।एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..