नेपाल आउने पर्यटकको दैनिक खर्च ५३ डलर मात्रै !

काठमाडौ । नेपाल आएका विदेशी पर्यटकले दैनिक खर्च कति गर्छन् ? पर्यटन मन्त्रालयका पूर्वसचिव किशोर थापाले पेश गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ अमेरिकी डलरमात्र छ।

थापाको भनाइमा यो खर्च निकै कम हो। त्यसो भए पर्यटकको खर्च बढाउने उपाय के छन् ? थापा भन्छन्– पर्यटक रमाउने आकर्षक गतिविधि गर्नुपर्‍यो। अनि सस्तोमा सेवा दिनु भएन। महँगा पूर्वाधार विकास गर्न हिच्किचाउनु भएन।’

वर्ल्ड ट्राभल एन्ड टुरिजम काउन्सिलको सन् २०१७ को प्रतिवेदनले पनि नेपाल आएका पर्यटकको दैनिक खर्च ५३ डलर देखाएको  छ।

पर्यटन पत्रकार मन्चले गण्डकी प्रदेशमा अावश्यक पर्यटकीय पूर्वाधारबारे छलफलमा थापाले पर्यटककीय पुर्वाधारमा अझै लगानी अपुग भएकाे बताए। नागरिकमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..