दुई दर्जन बढी विदेशी पाइलटले उडाउने भए निगमका विमान

काठमाडौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न विदेशी पाइलट करारमा नियुक्त गर्ने घोषणा गरेको छ।

सकेसम्म स्वदेशी पाइलट लिने नीति भए पनि केही वर्षसम्म विदेशी पाइलट लिएर उडान सञ्चालन गर्ने निगमको योजना छ। हाल निगममा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ ८८ पाइलट कार्यरत छन्। निगमसँग हाल १२ हजाज उडान ८८ पाइलट भए पनि ती पर्याप्त नरहेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको भनाइ छ।

तीन सातापछि आउने अर्को २७४ वाइडबडी जहाज थपिएपछि १३ हजार उडाउन ११६ जना पाइलट चाहिने निगमले जनाएको छ। नागरिकमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..