प्रचण्डको अर्थपूर्ण अलमल: ‘शक्तिशाली एउटा कम्युनिष्ट केन्द्र बनेरै छाड्छ’

काठमाडौ । राष्ट्रिय सभा गठन विवाद मिलाउने प्रयासस्वरूप गत शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा पाँच दलका शीर्ष नेताको बैठक बसेको थियो । बैठकपछि एमाले नेताहरू स्थायी समिति बैठकका लागि वामदेव गौतमको निवास भैंसेपाटीतर्फ लागे ।

तर वाम गठबन्धनका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने चितवनतर्फ हिँडे । प्रधानमन्त्री निवासको छलफल निष्कर्षमा पुगेको थिएन, दाहाललाई यो कुरा राम्ररी थाहा थियो ।

त्यसैले एमाले बैठकपछि त्यसै दिन साँझ अध्यादेशदेखि पार्टी एकतासम्मका विषयमा छलफल गर्न एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्ने कुरा थियो ।

तर बालुवाटार बैठकपछि चितवन हिँडेका दाहाल चार दिनदेखि त्यतै अलमलिएका छन् । उनको गृहजिल्ला अलमलले दुई पार्टीको औपचारिक बैठकसमेत हुन सकेको छैन ।

राष्ट्रिय सभा गठन विवादले राजनीतिक गतिरोध चुलिइरहेको छ । विशेषगरी एमाले र कांग्रेसबीच राष्ट्रिय सभाको निर्वाचन प्रणालीका विषयलाई लिएर रस्साकसी छ ।

नयाँ सरकार गठन र दुई पार्टीबीच एकता प्रक्रिया कसरी अघि बढाउने स्पष्ट खाका आएको छैन, त्यसलाई छिटो टुंग्याउनुपर्ने जिम्मेवारी पनि उत्तिकै छ । कान्तिपुरमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..