उपकुलपतिलाई नियन्त्रणमा लिनु मानवअधिकार विपरीत भएको आयोगको ठहर

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई नियन्त्रणमा लिनु मानवअधिकारको मूल्यमान्यता विपरीतको कार्य भएको जनाएको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै उपकुलपति जस्तो प्राज्ञिक व्यक्तित्वलाई जिम्मेवार निकायबाट मान, मर्यादा विपरीत नियन्त्रणमा लिएको घटनाप्रति ध्यानार्कषण भएको जनाएको हो । आयोगका प्रवक्ता मोहना अन्सारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उक्त घटनालाई गम्भिर रुपमा लिएको उल्लेख छ ।

संस्कृत सम्मेलनमा सहभागी हुन जाँदै गर्दा गत असार २३ गते कोइरालालाई अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुराएको थियो । प्रधानमन्त्रीको ठाडो निर्देशनमा कोइरालालाई नियन्त्रणमा लिएर दुर्व्यवहार भएको भन्दै विरोध भएको थियो । कोइरालाले उजुरी दिएपछि आयोगले बैठक बसेर विज्ञप्ति प्रकाशित गरेको हो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..