स्वास्थ्यकर्मीलाई विदा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी, पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज मातहतका सबै निकायलाई परिपत्र गरी अहिले बाढी, पहिरो, सरुवा तथा संक्रामक रोगको समय भएकाले देशभरिका सबै स्वास्थ्यकर्मीलाई विदामा नबसी काम गर्न निर्देशन दिएको हो ।

मौसममा प्राकृतिक प्रकोप, बाढी पहिरो, सरुवा तथा संक्रामक रोगले प्रभावित गर्ने भएको हुँदा देशभरिको सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई नियमित रुपमा कामकाज गर्न, विदामा नछोड्न, विना अनुमित स्वास्थ्य संस्थामा अनुपस्थित नहुन र कुनै पनि किसिमका बन्द हड्ताल, घेराउ, प्रदर्शनजस्ता कार्य नगर्न नगराउन समेत सहसचिव मधुसुदन बुर्लाकोटीले पठाएको पत्रमा भनिएको छ ।

मन्त्रालयले यस्ता काम गरेमा कारबाही गर्ने पनि परिपत्रमा उल्लेख गरेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..