मोटोपनबाट मुटुलाई कति खतरा हुन्छ ? यस्तो अवस्थामा हुन्छ आकस्मिक मृत्यु

कुनै मोटो मानिस देखेर अधिकांश मानिस यही सोच्ने गर्दछन् कि उसले धेरै खान्छ होला । रोग भएर पनि मोटोपनलाई गम्भीरताका साथ लिने गरिँदैन । तर यो प्राणघातक पनि हुन सक्दछ।भारतीय टेलिभिजनको ‘तारक मेहताका उल्टा चश्मा’ नामक टेलिभिजन सिरियलमा डाक्टर हात्तीको भूमिका निर्वाह गर्ने कवि कुमार आजादलाई धेरैले चिन्दछन् । उनको तौल करिब २ सय किलो थियो । ९ जुलाईमा उनको मृत्यु कार्डियक अरेस्टका कारण भयो ।

त्यसो भए के कार्डियक अरेस्टको सम्बन्ध मोटोपनसँग छैँदै छैन ? वास्तवमा मोटोपन आफैमा त कुने रोग होइन, तर यो अन्य रोगको कारण पनि हुन सक्छ र कार्डियक अरेस्ट त्यसैमध्येको एक हो ।

कति छन् प्रभावित ?

मोटोपन वर्तमान अवस्थामा सबैभन्दा ठुलो स्वास्थ्य समस्यामध्ये एक हो । ओबेसिटी फाउन्डेशन इन्डियाका अनुसार भारतमा करिब तीन करोड नागरिक मोटोपनको शिकार बनेका छन् । एक अनुमानअनुसार आगामी पाँच वर्षमा यो तथ्याङ्क दुई गुनाले बढ्नेछ ।अमेरिकाको कुरा गर्ने हो भने हरेक चारमध्ये एक अमेरिकी मोटोपनबाट पीडित छन् ।

तौल बढी हुनु र मोटोपन एकै हो ?

तौल बढी हुनु पनि कयौ प्रकारका हुन्छन् । यसलाई मास इन्डेक्सको आधारमा तय गरिन्छ। यदि कुनै व्यक्तिको बडी मास इन्डेक्स २५ देखि २९.९ छ भने डाक्टरी भाषामा त्यस्तालाई ओभर वेट मानिनेछ । यही यदि कुनै व्यक्तिको बडी मास इन्डेक्स ३० छ भने त्यस्तालाई मोटोपनको श्रेणीमा राखिन्छ । जसैजसै बडी मास इन्डेक्स बढ्दै जान्छ मोटोपनको श्रेणी पनि बढ्दै जान्छ ।

तर, यदि कोही यो सोचेर निश्चिन्त छ कि यसमा मोटोपन होइन, मात्र उसको तौल बढी छ, यो गलत हो । ओभर वेट हुने बित्तिकै स्वास्थ्य समस्या सुरु हुन्छ । ओभर वेट भएका मानिसलाई मुटुसँग सम्बन्धित रोग, स्ट्रोक, डाइबिटिज, क्यान्सर, युरिक एसिड बढेका कारण जोड्नीमा पीडाको समस्या, गाल–ब्लेडरसँग सम्बन्धित समस्या हुन सक्दछ । यस्ता मानिसमा निद्रासँग सम्बन्धित समस्याहरु पनि हुन सक्दछ ।

बडी मास इन्डेक्सको उद्देश्यले यो बताउँछ कि कुनै व्यक्ति मोटो छ, दुब्लो छ वा सामस्या श्रेणीमा छ । यसको सहयोगबाट एउटा मानिसको तौल कति हुनुपर्दछ भन्ने थाहा हुन्छ । व्यक्तिको तौल पत्ता लगाएर उसको लम्बाईले भाग गरेर बडी मास इन्डेक्स (बीएमआई) सजिलैसँग थाहा पाउन सकिन् छ। यो भने जरुरी छ कि उक्त व्यक्तिको लाम्बाई मिटर स्क्वायरमा होस् ।

मोटोपन कति प्रकारका हुन्छन् ?

शोधकर्ताहरुले अहिलेसम्म ६ प्रकारका मोटोपन पहिचान गरेका छन् । ती यस्ता छन्ः

१. अनुवांशिक मोटोपन

तपाईले देख्नु भएको होला कि कुनै परिवारमा करिब सबै मोटा हुन्छन् । यसको दुई वटा कारण हुन सक्दछ । हुन सक्दछ कि परिवारमा खानपिनको बानीका कारणबाट उनीहरु मोटो भएका हुन् वा उनीहरुको मोटोपन अनुवांशिक (जेनेटिक) हो। अनुवांशिक मोटोपनबाट छुटकारा पाउन निकै कठिन छ तर डाइट कन्ट्रोल गरेर यसबाट छुटकारा पाउन सकिन्छ ।

२. खानपिनसँग सम्बन्धित मोटोपन

मोटोपनको यो सबैभन्दा चिरपरिचित प्रकार हो । जीवनशैलीका कारण अक्सर यसप्रकारको मोटोपनको आशंका बढ्ने गर्दछ । यो मोटोपनको सबैभन्दा सामान्य कारण हो, यही यसबाट छुटकारा पाउन पनि सबैभन्दा सहज छ । खानपिनमा नियन्त्रण गरेर यसप्रकारको मोटोपनबाट छुटकारा पाउन सकिन्छ ।

३. अनियमिततासँग सम्बन्धित मोटोपन

केही मानिस यस्ता हुन्छन्, जसलाई आफ्नो भोक र सन्तुष्टि बुझ्दैबुझ्दैनन् । भर्खर खाना खायो भर्खर भोक लाग्यो । यस्ता मानिसलाई हरेकपल खाने इच्छा हुन्छ र यही मोटोपनको कारण बन्दछ ।

४. नर्भस ओबेसिटी

खाना खाँदा त्यसो त दिमागी सन्तुष्टि प्राप्त हुन्छ । तर जुन मानिसलाई मनोवैज्ञानिक समस्या हुन्छ वा डिप्रेशनबाट ग्रस्त हुन्छन्, उनीहरु खाने क्रममा आफ्नै चिन्तामा लिन हुन्छन् । यस्तोमा अक्सर भोकभन्दा बढी खाना खान्छन्, जसका कारणबाट उनीहरु मोटोपनको शिकार बन्दछन्।

५. हर्मोनल ओबेसिटी

मानिस हमोन्सको असन्तुलनका कारण पनि मोटोपनको शिकार हुन्छन् र यो मोटोपनको एउटा प्रकार नै हो ।

६. थर्मोजेनिक ओबेसिटी

हामी जति खान्छौ, यदि त्यो एनर्जी शरीरबाट बाहिर निस्केन भने तब बोसोका रुपमा जम्न थाल्दछ । यही नै मोटोपनको एउटा कारण बन्ने गर्दछ ।

के मोटोपन खतरनाक हुन्छ ?

डाइटिशियन तथा वेलनेस एक्सपर्ट डाक्टर शालिनी मान्दछिन् कि ओबिसिटी र मोटोपन वर्तमान समयमा एउटा ठुलो स्वास्थ्य समस्या बनेको छ र यसको सिधा सम्बन्ध हाम्रो जीवनशैलीसँग छ।

उनी भन्छिन्–यसमा कुनै शंका छैन कि मुटुसँग सम्बन्धित रोग जस्तै कार्डियक अरेस्ट र हृदयघातको पछाडि मोटोपन एउटा कारण हो । मोटोपन बढ्दै जाँदा ब्लड प्रेशर बढ्न थाल्दछ । मधुमेह हुन्छ, कोलेस्ट्रोल बढ्दछ र यो सबैको संयुक्त असर कार्डियक अरेस्टका रुपमा देखिन्छ ।

डाक्टर शालिनी मान्दछिन् कि भारतीयहरुको वर्तमान खानपिनमा फ्याट र कार्बोहाइड्रेटको मात्र बढ्दै जाँदै छ र प्रोटिनका मात्रा घट्दैछ । जसको सिधा असर मुटुमा पर्दछ । यसका साथै शारीरिक व्यायम कम भएको छ, यस्तोमा खतरा त छ नै ।

ओबिसिटी फाउन्डेशनको एउटा अध्ययन अनुसार ३० भन्दा बढी रोग मोटोपनसँग सम्बन्धित छ। जसमा गठिया, अनिद्रा, क्यान्सर र मुटुसँग सम्बन्धित रोग समावेश छ। यस्ता मानिसको आकस्मिक मृत्युको खतरा बढ्दछ ।

डाक्टर शालिनीका अनुसार आजभोलि अधिकांश रोगका लागि मोटोपन नै जिम्मेवार हुने गरेको छ र मोटोपनका लागि जीवनशैली ।

अमेरिकन कलेज अफ कार्डियोलजीमा प्रकाशित एउटा अध्ययनका अनुसार जुन मानिस मोटोपनको शिकार हुन्छन् वा मोटोपन पीडित छन्, उनीहरुमा सडक कार्डियक अरेस्टको आशंका बढ्दछ ।

यस्तोमा प्रश्न यो उठ्दछ कि मोटोपनले मुटुलाई कसरी हानी पुराउछ र कार्डियक अरेस्टको कारण बन्दछ । तर सबैभन्दा जरुरी यो बुझ्नुमा छ कि कार्डियक अरेस्ट के हो ?

सडन कार्डियक अरेस्ट र मुटुको घातमा फरक हुन्छ । हृदयघात त्यतिबेला हुन्छ जब मुटुमा पुग्ने रगतमा कुनै कारणले अवरोध सिर्जना हुन्छ । यही कार्डियक अरेस्टमा कुनै गडबडीका कारण मुटुले अचानक काम गर्न बन्द गरिदिन्छ । यो स्थितिमा व्यक्ति बेहोस हुन्छ र स्वस फेर्न रोकिन्छ र यदि तत्काल सहयोग प्राप्त नभएको अवस्थामा ज्यानै जान सक्दछ।

मोटोपनको कारण

अनुवांशिक

खानपानको बानी

शारीरिक अनियमितता

तनाव

हर्मोन

थर्मोजेनिक

मोटोपनसँग जोडिएको छ कार्डियक अरेस्ट ?

दिल्लीको साकेतस्थित मैक्स अस्पतालमा कार्डियोलजी विभागका प्रमुख डाक्टर विवेका कुमारका अनुसार मोटोपन, सडन कार्डियक अरेस्टको एउटा कारण हुन सक्दछ । ‘मोटोपन बढ्दै जाने क्रममा कोलेस्ट्रोल बढ्दछ, जुन सडक कार्डियक अरेस्टको कारण बन्दछ । जसैजसै उमेर बढ्दै जान्छ यसको खतरा पनि बढ्ने गर्दछ।

तर यसको उपाय के हो ?

डाक्टर विवेका कुकारका अनुसार उपचारभन्दा उत्तम उपाय सुरुबाटै सावधानी अपनाउनु नै हो । ‘जसै तौल ४ वा ५ किलो बढ्यो भने आफूलाई लिएर सतर्क हुनुस् किनभने यदि एकपटक मोटोपन बढ्यो भने त्यसलाई क मगर्न निकै मुश्किल हुने गर्दछ । त्यसैले सुरुबाटै ध्यान दिनु आवश्यक छ।

डाक्टर कुमारका अनुसार,

–खानपिनमा कार्बोहाइड्रेटको मात्राको सन्तुलत हुन जरुरी छ।

–खानामा फलफूल, सलादको मात्र अवश्य राख्नुस् ।

–नियमित एक्सरसाइज गर्नुस्।

उनले बताएअनुसार यो बानीले मात्र मुटुलाई स्वस्थ राख्दैन, अन्य कयौ रोगबाट पनि सुरक्षित राख्दछ।

हरेक दिन व्यायम गरेर शरीरको एक्स्ट्रा फ्याट बर्न गर्न सकिन्छ र कोलेस्ट्रोलको स्तर नियन्त्रित हुन्छ । तर मोटोपनको समस्या ठुलै छ भने डाक्टरको सल्लाहमा मेडिकल उपचार गर्नु उचित हुनेछ । जसलाई अनुवांशिक मोटोपन छ उनीहरुलाई पनि यही सल्लाह दिने गरिन्छ । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..