अति भएपछि फिफाले भन्यो– सुन्दरीको फोटो धेरै नखिच्नूस्

रुसमा जारी विश्वकपमा स्टेडियममा रहेका सुन्दरीहरूले दर्शकको ध्यान तानिरहेका छन्।

खेलको दौरान कामुक देखिने युवतीहरूको फोटो लिनमा बढी ध्यान केन्द्रित गरेको भन्दै क्यामेराम्यानहरूलाई यस्तो ग्यामर फोटो नखिच्न फिफाले आग्रह गरेको समाचार नेपाल समाचारपत्र दैनिकले छ।

फिफाले महिलामा बढी क्यामेरा फोकस गर्ने प्रसारकहरूलाई चेतावनीसमेत दिएको छ। ‘खेलको दौरान हट महिला प्यानमाथि ज्यादै फोकस गरेका छन्। धेरै फोटो लिइरहेका छन्’, फिफाले भन्यो, ‘यस्तो गर्न हुँदैन।’

फिफाका अनुसार यसले लैंगिक विभेद पनि भएको छ। भेदभावको विरुद्ध काम गर्ने समूह फेयर नेटवर्कले पनि रुसमा लैंगिक भेदभाव ठूलो समस्या भएको बताएको छ। आजको नेपाल समाचारपत्रमा खबर छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..