समलैंगिक सेक्स गरेको आरोपमा यसरी वर्षाइयो ४ सयको भिडमा ८७ कोर्रा

इन्डोनेसियाको अति अनुदारवादी प्रान्त आचेहमा अधिकारीहरुले पहिला जाहेर गरेको प्रतिवद्धताविपरीत शुक्रबार पुनः सार्वजनिक रुपमा कोर्रा हान्ने सजाय दिएका छन् । दुई जना पुरुषलाई समलैंगिक सेक्स गरेको आरोपमा ८७ कोर्रा लगाइएको हो ।

आचेहका अधिकारीहरुले पहिला सजाय दिइने स्थलमा सर्वसाधारणलाई आउन नदिने र यस्तो कोर्रा हान्ने सजाय जेलभित्रै दिइने प्रतिवद्धता जनाएका थिए । मुस्लिम बाहुल इन्डोनेसियामा आचेह एउटा मात्र प्रान्त हो, जसले इस्लामिक कानुन पालना गर्दछ र चोरी, जुवा खेल्ने र व्यभिचारका लागि सार्वजनिक स्थलमा कोर्रा हान्ने सजाय दिने गर्दछ । सन् २०१४ मा आचेहले समलैंगिक सम्बन्धमाथि रोग लगाएको थियो ।

गत अप्रिलमा आचेहका गभर्नर इरवन्दी युसूफले एउटा अध्यादेश जारी गरेर कोर्रा हान्ने सजाय जेलभित्रै दिने र कोर्रा हान्ने स्थलमा आम नागरिक र संचारकर्मीले हेर्न पाए पनि रेकर्ड नगर्न नसक्ने व्यवस्था गरिने बताएका थिए। उनले यो पनि भनेका थिए कि यस्तो सजाय हेर्ने अनुमति बालबालिकालाई दिइने छैन । पहिला सार्वजनिक रुपमा कोर्रा लगाउने घटना प्रत्यक्ष प्रसारण गर्ने गरिन्थ्यो र पछि त्यसलाई अनलाइनमा सार्वजनिक गर्ने गरिन्थ्यो । यसप्रकारको सजायको अन्तर्राष्ट्रियस्तरमा निकै आलोचना हुने गरेको छ।

बन्दा आचेहका सरकारी वकिलको कार्यालयलका प्रमुख इरविन देसमनले सार्वजनिक स्थलमा कोर्रा हान्ने कार्य रोक्नेबारेमा आफूलाई कुनै आदेश प्राप्त नभएको बताए । उनले घटनामाथि पुनःविचारको माग गरेका छन् । ‘समाजमा यसको फाइदा र हानी दुवै छ। त्यसैले मेरो सुझाव छ कि हामी गभर्नरसँग फेरी बस्नेछौ । उनले तत्कालका लागि भने सार्वजनिक स्थलमा कोर्रा हान्ने कार्य जारी रहने बताए । आचेहमा २००५ देखि कोर्रा हान्ने सजाय दिइँदै आएको छ। धेरै स्थानीयले यसको समर्थन गर्ने गरेका छन्।

शुक्रबार बन्दा आचेहमा कोर्रा हान्ने स्थलमा ३ देखि ४ सय सर्वसाधारण भेला भएका थिए । सहभागीहरु समलैंगिक सेक्समा संलग्नमाथि कोर्रा वर्षाएको समर्थनमा नाराबाजी गरिरहेका थिए । आचेह स्लामिक धार्मिक प्रहरी प्रमुख मुहम्मद हिदायतले भने कि समलैंगिक सेक्समा दोषीलाई समुदायले पक्राउ गरेको थियो ।

यी दुईका साथै अन्य ९ जनालाई सार्वजनिक स्थलमा प्रेम प्रदर्शन गरेको आरोपमा सजाइ दिइएको छ । एक महिलालाई मदिरा बेचेको आरोपमा सजाय दिइएको छ। सजाय दिने स्थलमा कतिपयले आफ्ना बालबालिकासमेत लिएर आएका थिए । उनीहरु सजाय दिइएको तस्वीर खिच्न व्यस्त थिए । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..