रोकिएन टिप्पर आतंक,ट्रिपरको ठक्करबाट एकको मृत्यु

काठमाडौं ।काठमाडौंमा फेरि ट्रिपरले अर्का व्यक्तिको ज्यान लिएको छ । ना ७ ख ९४७५ नम्बरको ट्रिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक अनुजाका दाजु अनुज भने सामान्य घाइते छन् ।

घाइते अनुजाको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिए। ट्रिपर र चालक प्रहरीको नियन्त्रणमा छन् सरकारले साउन १ गतेबाट ट्रिपरलाई रातिको समयमा मात्र चलाउन पाउने नियम ल्याएको छ । त्यसको कार्यान्यवन नहुादै राजधानीमा नै ट्रिपरले सर्वसाधारणको ज्यान लिएको हो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..