एक वर्षअघि बलात्कारको सिकार भएकी समिताको रहत्यमय मृत्यु (भिडियोसहित)

अर्घाखाँचीमा शनिवार एक युवतीको रहस्यमय रुपमा मृत्यु भएको छ । र यो दृष्य उनै मृत युवतीको । गाउँमा सुन्दरी नामले परिचित भुमिकास्थान नगरपालिका वडा नम्वर ९, धनचौरकी उनी हुन् समिता नेपाली ।उमेरले भर्खरै १७ बर्ष पुगेकी उनी शनिवार भुमिकास्थान नगरपालिका वडा १० स्थित चरेपानी जंगलको विचमा पर्ने कालिका मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।आईतवार विहान अर्घाखाँची प्रहरीले जिल्ला अस्पताल सन्धीखर्कमा शव पोष्मार्टम गरी दाह सस्कारका लागि परिवारजनलाई बुझाएको छ । र यो दाह संस्कार गर्न लगिएको बेलाको दृष्य हो ।दाहसंस्कारका लागि जोजति जम्मा भएका थिए, सबैको मनमा एउटै असन्तुष्ट भाव थियो कि समिता नेपालीले आत्महत्या गरिन् वा यो हत्या हो ? यी प्रश्नहरुको वीचमा धेरै कारणहरु थियो ।उनी मृतक समिताका भिनाजु हुमबहादुर नेपाली । उनी समिताले झुण्डिएर आत्माहत्या गरेको कुरा पत्याउनै नसक्ने बताइरहेका थिए । त्यस्ता आधारहरु जसमा, जुन मन्दिरको बलेसीमा समिता झुण्डिइन् त्यस मन्दिरको वलेसी ५ फिट भन्दा बढि छैन । त्यो भन्दा अग्ली समिता छिन् ।उनको घुँडा पहिल्लै नुगाईएको र थप डोरी भुँईमापनि छ । कोखैमा चुरोटको ठुटा निभाएर राखिएको छ । सोही कारण हुमबहादुर भनिरहेका थिए घटनाको प्रकृति अनुसार उनलाई पहिला डोरीले गला कसेर हत्या गरी झुण्ड्याईको हो भन्ने दावी छ । यी आशंका र आरोपहरुको पछाडी पनि केही त्यस्ता तथ्य र रहस्यहरु जोडिएका छन् ।मृत समिता एकबर्ष अघि स्थानीय युवकबाटै बलात्कारको सिकार भएकी थिइन् । २०७३ साल माघ ७ गते सन्धीखर्कमा भएको अर्घाखाँची महोत्सव हेरेर स्थानवाङलाको आँमडाँडा तर्फ जाँदै गर्दा भुमिकास्थान नगरपालिका वडा नम्वर ४ धारापानी मकै डाँडाका स्थानीय राजु अधिकारीले मोटरसाईकलमा पुराईदिन्छु भनेर चढाएका थिए ।केहीबेरमा राजुले समितालाई नास्ता गरेर जाउँला भन्दै सन्धीखर्कको होटल डायमण्डमा पुराएका थिए । समिताले प्रहरीलाई दिएको वयान अनुसार नसालु पदार्थ सेवन गराई उनलाई राजुले त्यस रात त्यही राखेर बलात्कार गरेका थिए ।घटनाको ३ दिन पछि माघ ९ गते जिल्ला अदालत अर्घाखाँचीमा मुद्दा दर्ता भएको थियो । त्यस लगत्तै आरोपी राजु अधिकारी हाल सम्म फरार छन् । राजुलाई प्रहरीले यहि पुष ६ गते पक्राउ पुर्जी जारी गरेको थियो । तर संयोग सोही दिनको १ दिनपछि समिता मृत भेटिएन् । सोही कारण नै आफ्नी छोरीको हत्या भएकोे दावी सहितको आरोप समिताका बुबा विष्णुबहादुर नेपालीको छ । छोरीको वलात्कार गरिएका व्यक्तिको षडयन्त्रमा छोरीको हत्या गरिएको आरोप उनले लगाएका छन् ।त्यही घटनाको रिसईवीका कारण अहिले उनको हत्या भएको हुन सक्ने बताउँछन्, सोही वडाका वडा सदस्य जनकलाल गैरे ।आफन्तजन र अधिकारकर्मीहरुले पनि सुनियोजित रुपमा उनको हत्या गरिएको आशंका गरेका छन् ।

यसरी हराएकी थिइन् समिता

वलात्कार पछि गाउँमा असुरक्षित महशुस गरि परिवारले समितालाई ललितपुरमा रहेकी मामाकी छोरी मिनाको घरमा राखेर पढाएका थिए । हाल उनी ललितपुर स्थित एक कलेजमा कक्षा ११ मा पढ्दै आएकी थिइन् । विहिवार सदा झैँ विहान पौने ६ वजेतिर समिता कलेज जान्छु भन्दै घरबाट निस्किएकी थिइन् । कलेज जान्छु भनेपनि समिता आउट डे«समा हिडेकी थिईन् ।तर उनी घर फर्किनन् , बरु दिउँसो ११ वजेतिर समिताले दिदी मिनालाई फोन गरेर म अर्घाखाँचीकै एक जना केटासंग विवाह गरेर ईन्डिया तिर जाँदैछु अहिले वुटवल आई पुगे भनेर फोन गरेकी थिईन् । समिताको यस कुरालाई दिदि मिनाले पत्याइनन् र किन ठट्टा गर्छेस छिटो घर आइज भनेर फेरी फोन गरेकी थिईन् । लगतै समिताको फोन स्विच अफ भयो । र त्यसपछि उनी सम्पर्कविहिन भएकी थिईन् । यस सम्वन्धमा हामीले ललितपुर स्थित उनै मिनासंग टेलिफोन सम्पर्क राखेका थियौं । मिनासंगको टेलिफोन कुराकानी यस्तो छ ।

मिनासंगको अडियो कुराकानी

मिनाले अर्घाखाँचीकै एक केटासंग विवाह गरी इन्डिया जान लागेको बताएपनि उनको यसअघि कसैसंग मायाँ प्रेमेको सम्बन्ध नरहेको दिदि मीनाले बताएकिछिन् । वलात्कृत भए देखि उनी निकै सजग थिइन् र यस्तो विषयमा डर पनि थियो उनमा । तर एकाएक गाउँकै एक जंगलमा झुण्डिएको अवस्थामा मृत अबस्थामा कसरी पुगिन् समिता ? यो घटना रहस्यमय बनेको छ र परिवारले उनको हत्या भएको दावी गर्दै छानविन गर्न प्रशासन समक्ष माग गरेको छ ।

हत्या की आत्महत्या निपष्क्ष छानविन होस्

शनिवार मृत फेला परेकी समिताको घटनाले अहिले पुरा गाउँ नै शसंकित बनेको छ । गाउँमा भएका सबै युवतीहरुले आफूलाई असुरक्षित महसुस गर्न थालेका छन । संगै हुर्केको, खेलेको, पढेको र बढेको साथी कुनै पुरुषबाट बलात्कृत हुन पुग्छिन र त्यसको एक वर्षमा जङ्गलको बिचमा रहेको मन्दिरको दलिनमा झुण्डिएको अवस्थामा मृत फेला पर्छिन भने अन्य युवतीहरुले आफुलाई सुरक्षित महसुस कसरी गर्ने र उनीहरुले पुरुषहरुलाई कसरी विश्वास गर्ने ?जुन अवस्थामा समिता मृत फेला परेकी छिन त्यो अवस्थालाई नियाल्ने हो भने यो आत्महत्या हो भनेर पत्याउन सकिने आधार निक्कै कमजोर छ । र परिवारले पनि यही भनिरहेका छन की यो आत्महत्या होइन हत्या हो । समिताका परिवार र आफन्तहरुले एक वर्ष अगाडी उनलाई बलात्कार गर्ने राजु अधिकारी ले नै उनको हत्या गरेको आरोप लगाएका छन ।
र परिवारसंग यस्तो आरोप लगाउने आधारहरु पनि नभएका होइनन् । जुन मन्दिरमा समिता झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन त्यो मन्दिरको भुईँ देखि मन्दिरको दलिनसम्मको उचाई समिताको उचाई भन्दा कम छ । र उनी घुँडा टेकिएको अवस्थामा भेटिएकी छिन । आफुभन्दा सानो उचाईमा त्यो पनि घुँडा टेकेर मानिस कसरी मर्छ भन्ने प्रश्न सहित उनीहरुले यो आत्महत्या नभई हत्या हो भनिरहेका छन ।र अर्को कुरा आत्महत्या गरेको हो भने डोरीको गाँठो सुर्केनी परेको हुन्छ र त्यो गाँठो पछाडी पट्टी घाँटीमा हुन्छ । तर प्रत्यक्षदर्सीको भनाईलाई आधार मान्ने हो भने सुर्केनी नपरेको गाँठो समिताको अगाडी घाँटीमा छ र घाँटीमा लागेको उक्त डोरी पनि निकै खुकुलो छ । ललितपुरको मानिस किन फेरि अर्घाखाँची पुगेर आत्महत्या गर्छ भन्ने अर्को ज्वलन्त प्रश्न परिवारको मनमा उब्जिएको छ । बलात्कारको शिकार भएको एक बर्षपछि जीवनलाई अगाडि बढाउँदै लगेकी समिता नेपालकोको वारेमा गभ्भीर अनुसन्धान गरिनुपर्ने अवस्था छ ।एक वर्ष अगाडी समिताको ईज्जत माथी दाग लगाउने राजु अधिकारी अझैसम्म पनि फरार रहेका छन । प्रहरीले उनको खोजी कार्य भैरहेको जनाएपनि अहिलेसम्म उनलाई पक्राउ गर्न सकेको छैन । र अहिले परिवारले भने उनकै षड्यन्त्रमा समिताको हत्या भएको आरोप लगाएका छन । अर्घाखाँची प्रहरी प्रमुख डिएसपी एकनारायण कोइरालाले घटनामा कसैको संलग्नता रहेको नरहेको विषयमा अनुसन्धान भईरहेको बताउँछन् ।बलात्कारको घटनापछि शोकमा डुवेको समिताको परिवारमा उनको मृत्युपछि अहिले अर्को बज्रपात परेको छ । यो विषयमा परिवारका सदस्य आत्महत्या नभएर हत्या भएको दावी गरिरहेका छन र दोषीलाई तत्काल कारवाही गर्न माग गरिरहेका छन । परिवारका सदस्यको दावी र घटनाको प्रकृतीले पनि गम्भिर अनुसन्धान गर्नुपर्ने आवश्यक देखिन्छ । न्यूज२४

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..