डा. केसीले भने–मर्न तयार छु, काठमाडौ जाने र अनसन तोड्ने छैन

काठमाडौ । जुम्लामा अनसनरत डा. गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म अनसन स्थगित नगर्ने अडान राखेका छन् ।

शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा.केसीको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै बल प्रयोग गरेर भएपनि काठमाडौ ल्याउने बताएका थिए । जवाफ स्वरुप डा. केसीले बरु मर्न तयार रहेको तर माग पूरा नगरी अनसन स्थगित गर्ने वा काठमाडौ आउने बिषय सोच्न पनि नसक्ने बताएका हुन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्ला पुगेर आमरण अनसनमा बसेएका प्राध्यापक डा. गोविन्द केसीलाई साथ दिँदै जीवनरक्षाका लागि माइतीघर मण्डलामा हिजो प्रदर्शन गरिएको छ ।

दिउँसो भएको प्रदर्शनमा राजनीतिक दल, नागरिक समाजका अगुवा, स्वास्थ्यकर्मी, पेशाकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति थियो ।

यता डा.केसीको जीवन रक्षाको माग र माफियातन्त्रले भरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने भन्दै चिकित्सकहरुले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्दा गर्दा बिरामी भने मारमा परेका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..