टिपरको ठक्करबाट बालकको मृत्यु

सिमरा(बारा): बारामा ना ३ ख ९२९७ नम्बरको टिपरको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–८ स्थित इमलिपर्तीका अरुण पासवानका तीन वर्षीय छोरा गोलु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । अपराह्न ४ बजे इमलिपर्तीस्थित खेतबाट माटो ओसार्दै गरेको ट्रिपरले किच्दा पासवानको घटनास्थलमै मृत्यु भएको हो । रासस

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..