अनशनको १८ औं दिनः डा. केसीको स्वास्थ्य कस्तो छ ?

जुम्ला । १८ दिनदेखि अनशनरत डा. गेविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ । सेप्सिसको उच्च जोखिममा रहँदै आएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था सोमबार रातिबाट अचानक थप जटिल बन्दै गएको हो ।

उनलाई छातीमा पीडा र सास फेर्न गाह्रो भएको छ । प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पूजन रोकायाका अनुसार केसीलाई असह्य पीडा भएपछि अक्सिजनको मात्रा बढाइएको छ ।

रगतमा अक्सिजनको मात्रा ७०, श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको छ । नयाँ पत्रिकामा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..