पहिरोले घर पुरिए पर्वतमा पाँचजना बेपत्ता, चार घर पनि पुरियो

काठमाडौ । अविरल वर्षाका कारण आएको पहिरोले पर्वतमा चार घर पुरिएका छन् ।

राती बर्षासँगै आएको पहिरोले घर पुरिंदा ५ जना बेपत्ता भएका छन् । पर्वतको जलजला गाउँपालिका –८, लस्तीका ४ घर पुरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

पहिरोबाट उच्च जोखिममा परेका १६ घरलाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय सामुदायिक रेडियोहरुका अनुसार बिहानसम्म पनि उद्धार कार्य चलिरहेको थियो ।

स्थानीय नागरिक,प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको हो । पहिरोकै कारण मालढुंगा–बेनी सडकखण्ड समेत चल्न सकेको छैन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..