अनौठो घटनाः आमाको मृत्यु भएको १० दिनपछि बच्चाको जन्म

एजेन्सी । एउटा यस्तो अनौठो घटना सार्वजनिक भएको जुन घटना सुन्दैमा कसैले पनि पत्याउनै होला। कसैले पनि विश्वास गर्दैनन् होला त्यो घटनाको कुरा सुन्दा।

एउटी महिलाको मृत्यु भएको १० दिनपछि सन्तानलाई जन्म दिनु कत्तिको विश्वास लाग्न सक्छ? तर यो यथार्थ घटना हो। एउटी महिलाले आफ्नो मृत्यु भएको १० दिनपछि बच्चालाई जन्म दिएकी छन्।

दक्षिण अफ्रिकाको दक्षिणी–पूर्वी केप प्रान्तस्थित थायिसी गाउँकी ३३ वर्षीया नोम्भेलिसो नोमासोन्तो एम्दोयी नाम गरेकी महिला आफू मरेको १० दिनमा बच्चालाई जन्म दिएकी हुन्।

पाँच सन्तानकी आमा रहेकी नोम्भेलिसोको तत्काल मृत्यु भयो र अन्तिम संस्कारका लागि एक संस्थालाई उनको शव बुझाइयो। तर मृत्यु भएको १० दिनपछि अन्तिम संस्कार गर्ने दिन उक्त संस्थाले उनको शवको दुई खुट्टाको बीचमा मृत्यु भइसकेको बच्चा देखे।

मृत्यु पछि मांसपेशी शिथिल हुँदा र ब्याक्टेरियाको विकासका कारण उनको शरिरमाभित्र भएको बच्चा बाहिर आएको हुनसक्ने स्वास्थ्यकर्मीले जनाएका छन्।

मृतक शरीरको अन्तिम दाहसंस्कार गर्ने संस्था लिन्दोखुल फ्युनरल फुन्डाइल माकालानाका सञ्चालकले भने, ‘जब हामीले उनको शरीरलाई शवगृहको ट्रेबाट कफिनमा राख्न खोज्यौं तब हामीले उनको दुई खुट्टाको बीचमा भर्खरै जन्मिएको बच्चा भेट्यौं।’

‘बच्चाको मृत्यु भइसकेको थियो। हामी निकै चकित र डराएका कारण बच्चाको लिङ्ग पनि हेर्न सकेनौं।’ उनको भनाई।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..