
अक्सर भन्ने गरिन्छ कि यो संसारमा पैसाले सबै कुरा किन्न सक्छ तर आमाबाबु किन्न सक्दैन । तर जापानमा तपाई पैसाको बलमा घर, गाडी र कपडाका साथै आमाबाबु पनि किन्न सक्नु हुन्छ ।
-जापानको एउटा वेभसाइटबाट मानिसहरु आमाबाबु वा श्रीमती र सन्तान भाडामा लिन सक्दछन् । ….नामको वेभसाइटले संसारलाई हरेक कुरा भाडामा उपलव्ध गराउन सक्दछ । तर यो सेवाको बदलामा वेभसाइटले मोटो रकम भने लिने गर्दछ ।
–यो वेभसाइटबाट तपाई अन्डरगार्मेन्ट्सदेखि आमाबाबु र श्रीमती पनि भाडामा लिन सक्नु हुन्छ । यदि तपाई घरमा बोर महशुस गरिरहनु भएको छ भने भाडामा बालबालिका पनि घर लैजान सक्नु हुन्छ । यदि तपाईसँग समय छैन र तपाईलाई बच्चाको होमवर्क गराउनु छभने यो वेभसाइटले तपाईलाई होमवर्क गर्ने व्यक्ति पनि भाडामा दिन सक्दछ।
–वेभसाइटको दावीअनुसार यदि तपाई एक्लै हुनुहुन्छ एउटा साथी पनि उपलव्ध गराउन सक्छ । यो साथी महिला वा पुरुष दुवै हुन सक्दछ।
–यहाँबाट तपाईले यस्ती महिला पनि भाडामा पाउनु हुनेछ जसले तपाईलाई अँगालो मारेर सुताउने छिन् । तपाईले चाहनु भयो भने ती महिला तपाईका लागि सिरानीको रुपमा पनि रहने छिन् ।यो सबैभन्दा विचित्रको कुरा हो कि यदि तपाईको वैवाहिक कार्यक्रममा मानिस कम भ एभने त्यसको बन्दोबस्त पनि भाडामा गर्न सकिन्छ । अर्थात यहाँ भाडाका पाहुना पनि पाइन्छ।
–यसका साथै यहाँबाट अन्डरवेयरसमेत भाडामा लिन सकिन्छ । तर त्यसको भाडा घण्टाको हिसावमा तिर्नुपर्ने हुन्छ । तपाई सबै सुविधा मिलाएर मानिसलाई विभिन्न अलगअलग कामका लागि पनि भाडामा लिन सक्नु हुन्छ । एजेन्सी