
सुन्दर र चर्चित हुने चाहनामा मानिसहरुले आफ्नो शरीरमा विभिन्न प्रयोग गर्छन्। यसो गर्नेमा धेरै जसो महिला छन्। सिडनीमा एक युवतीले कार्नुज जस्ती देखिइन अहिलेसम्म २०० भन्दा धेरै पटक सर्जरी गराइसकेकी छन्। यसैगरी ब्राजीलमा एक महिला ‘डक्टर बमबम’ को नामले चर्चित बट–एन्हान्स्मेन्ट सर्जनसँग गइन्। ती महिला आफ्नो हिप सर्जरी गराउन चाहन्थिन्। तर, एउटा सुइ लगाउने वित्तिकै महिलासँग जे भयो, त्यो देखेर डाक्टर चकित भए।
४६ वर्षकी महिला हिप सर्जरी गर्न ब्राजीलका चर्चित डाक्टर बमबम सँग पुगिन्। सर्जरी सुरु भयो। डाक्टरले ती महिलाको हिपमा एउटा सुइ लगाए। त्यसपछि महिलाको मृत्यु भयो। महिलाको मृत्युपछि डाक्टर फरार छन् र उनलाई प्रहरीले खोजी गरिरहेको छ।
४५ वर्षका डाक्टर डेनिस फ्रुटाडो रियो दि जेनेरियोका सेलिब्रिटी डाक्टरका रुमपा परिचित छन्। उनी डाक्टर बमबमका नामबाट चर्चित छन्। डाक्टर डेनिसको इन्स्टाग्राममा ६.५ लाख फलोअर्स छन्। यसबाट पनि उनी कति लोकप्रिय छन् भन्ने विषयको अनुमान लगाउन सकिन्छ।
डाक्टर डेनिस फ्रुटाडो आफ्नो कस्मेटिक सर्जरीमार्फत महिलाको शरीरमा परिवर्तन ल्याउन सक्छन्। उनी विशेष गरेर हिपको आकार बढाउन गरिने सर्जरीको क्षेत्रमा प्रशिद्ध छन्। तर अहिले उनी फरार छन् र प्रहरीले उनको खोजी गरिहरेको छ।
सर्जरी पनि धेरै प्रकारका हुन्छन्। त्यसमा पनि सिलिकन सर्जरी निकै चर्चिछ छ। सिलिकनको प्रयोगको गरेर शरीरको कुनै पनि अंगलाई बढाउन र आकर्षक बनाउन सकिन्छ। यसको प्रयोग ब्रेस्ट र हिप सर्जरीमा गरिन्छ। एजेन्सी