यसकारण घट्दैछ वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या

काठमाडौ । एकवर्ष अघिको तुलनामा गएको वर्ष वैदेशिक रोजागारीमा जाने नेपालीको संख्या करिव २० प्रतिशतले कमी आएको छ ।

आर्थिक वर्ष ७३/०७४ को तुलनामा गत आर्थिक वर्ष ७४/७५ मा वैदेशिक रोजगारीमा जानेको संख्या २० प्रतिशतले कमी आएको हो । आर्थिक वर्ष ०७३/७४ मा ७ लाख ५९ हजार २ सय ३० नेपाली कामका लागि विदेशिए पनि गत आर्थिक वर्षमा ६ लाख १२ हजार ६ सय ८५ जना युवा रोजगारीका लागि विदेशीएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागको तथ्यांक हेर्दा अघिल्लो वर्षभन्दा गत वर्ष १९ प्रतिशत कम नेपाली रोजगारीका लागि विदेश गएका छन् । देशभित्रै राजनीतिक स्थिरता छाएको र खाडी मुलुकमा पनि आर्थिक समस्याका कारण राम्रा रोजगारीको अवसर नपाएपछि विदेशिनेको संख्या घटेको विभागले जनाएको छ ।

पछिल्लो समय मलेसियाको गन्तव्य रोकिएकाले पनि संख्यामा कमी आएको विज्ञहरुले बताएका छन् । अघिल्ला ११ महिनाको आँकडा अनुसार यो वर्ष भने मलेसिया, नेपाली कामदारको पहिलो रोजाइको गन्तब्य बनेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..