बंगलादेश गएका चेलीका बारेमा विवादास्पद अभिव्यक्ति दने प्रयासले यसो भने(भिडियोसहित)

भक्तपुर । बि एण सि टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाँईले बंगलादेशमा चिकित्सक अध्ययनमा गएका नेपाली चेलीको विषयमा दिएको अभिब्यिक्तिको मूल मर्म तोडमोड गरी सामाजिक सञ्जालमा भाईरल बनाएको बताउनु भएको छ ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रसाँईले तेह्र चौध महिना अघि एक कार्यक्रममा बंगलादेशमा अध्ययन गर्न जाने नेपाली चेलीहरुको अवस्था र उनीहरुको शोषणका विषयमा दिएको अभिब्यक्तिलाई हाल आएर उक्त अभिब्यिक्तको मर्म तोडमोड गरी सामाजिक सञ्जालमा भाइरल बनाएको आरोप लगाउनुभयो ।

उहाँले आफूले भन्न खोजेको विषलाई तोडमोड गरेर विवादमा तान्न खोजिएको बताउँदै उक्त भनाईको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको बताउनु भयो । उहाँले आफ्नो भनाई बंगाला देशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमौ अध्यनको वातावरण सिर्जना गर्न सके राम्रो रहने र त्याँ उनीहरुले बिभिन्न खालको शोषणको सामना गर्नु पर्ने अवस्थाको अनत्य हुने रहेको बताउनु भयो ।

उहाँले बंगलादेशमा अध्ययन गर्न गएका चेलीका विषयमा लिएर आफ्नो अभिब्यिक्तिको मर्म सामाजिक सञ्जालमा आएको जस्तो नरहेको बताउँदै यसले पर्न गएको असर प्रति क्षमा माग्नु भयो ।

चिकित्सा विधेकका बारे उहाँले संविधान र कानुन बमोजिम सरकारले निर्णय गर्ने विषय भएकाले अफुले यो विषयमा बोल्ने उपयुक्त नहुने बताउनुभयो ।

गोविन्द केसीको अन्दोलनका बारे आफूले बोल्नु पर्ने बिषय नभएको र सरकारले नै उनको माग सम्बोधन गर्ने वा के गर्ने भन्ने बिषय रहेको उहाँले बताउनु भयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..