दाँत दुखेर हैरान हुनुहुन्छ, ल यो पाँच उपाय अपनाउनुस्, दुख्न छाड्नेछ

आजकाल हामी सबैको समस्या बन्ने गरेको दाँतको दुखाईको समस्या। प्राय चिसो खानेकुरा, बजारका गुलिया खानेकुराले दाँतमा समस्या देखापर्छ । दाँत दुख्यो भन्दैमा हामी डाक्टरकोमा गएर महङ्गा अनि कडा औषधी खान्छौ जसका कारणले झन् स्वास्थ्य कमजोर बनाउँछ।

१. आलु – यदि दाँतको दुखाईका साथ–साथै सुन्निने पनि गर्छ भने आलुलाई ताछेर त्यसको टुक्रालाई दुखेको ठाउँमा १५ मिनेट राख्नुहोस्, चाँडै आराम महशुस गर्नुहुन्छ।

२. कागती – कागतीमा भिटामिन सी हुन्छ, जसले दाँतको दुखाईबाट छुट्कारा दिलाउँन सक्छ। दुखेको भागमा कागती लगाउदा तुरुन्तै राहत मिल्छ।

३. लसुन – लसुनको एक पोटीलाई नुनसँग खानुहोस्, यसले दाँतको दुखाईबाट राहत दिन्छ।

४. प्याज – हरेक तीन मिनेटमा प्याँजको एक टुक्रा खाने गरेमा मुखका किटाणु मर्छन् र यसले दाँतको दुखाई पनि कम गर्छ।

५. ल्वांग – सबैलाई थाहा भएको कुरा, दाँत दुखेमा ल्वाङले तुरुन्तै आराम दिन्छ । दुखेको भागमा ल्वाङ वा ल्वाङको तेल लगाउन सकिन्छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..