क्योकुसिन टोली भारत जाने

काठमाडौ । दोश्रो खुला आमन्त्रण फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहति ७ सदस्यीय नेपाल सिन क्योकुसिन कराते संघको टोली मंसिर २२ गते भारतको केरला जाँदैछन् ।
उक्त प्रतियोगिताको पुरुष खुला तौलसमूहमा वसिष्टप्रसाद प्रधान, ७५ केजीमुनि आर्यन विसी, ६५ केजीमुनि सन्तोषकुमार लामा र ५५ केजीमुनि निर्मल लोले प्रतिस्पर्धा गर्नेछन् । महिला ५५ केजीमुनि रेजिना दर्नाल तथा खुला तौलसमूहमा निशा बोहराले भाग लिने छन् । डिसेम्बर १५ देखि १९ तारिखसम्म चल्ने प्रतियोगिताको प्रशिक्षक तथा व्यवस्थापकमा किशोर श्रेष्ठ छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य देवकुमार अधिकारी (बद्री), संघका अध्यक्ष श्याम खड्का, महासचिव सूर्यबहादुर बुढाथोकीलगायतले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..