जब भगवानको प्रेरणा भन्दै सांसदले ५८ श्रीमती भित्राएपछि

एजेन्सी । भगवान कृष्णबाट आफ्नो जीवन कालमा ५८ विहे गर्नुपर्ने भन्ने बरदान पाएको भन्दै एक जना जनप्रतिनिधिले पाएको बरदान बराबर नै श्रीमती भित्र्याएका छन्।

५ पटकसम्म मन्त्री तथा संसदको पद सम्हालेका व्यक्तिले ५८ श्रीमती भित्र्याउँदा सबै चकित परेका छन्।

‘बागुन सुम्ब्रुइ’ नाम गरेका सांसदले आफ्नो जीवनकालमा ५८ जना श्रीमती भित्राए। उनले यतिधेरै पत्नी बनाए कि जीवनको अन्तिम समयसम्म आइपुग्दा उनलाई आफ्ना सबै पत्नीको नामसम्म याद थिएन। जसको मृत्यु गत जून २२ मा भयो।

भारतको झारखण्ड राज्यको पहिलो विधानसभा उपाध्यक्ष बागुन सुम्ब्रुईको हालै ९६ वर्षको उमेरका निधन भएको छ।

श्रीमतीका धनी यी पूर्वमन्त्री तथा पूर्व सांसद् निकै सादा जीवन व्यतित गर्दथे । गर्मी होस् वा ठण्डी जिउमा केवल धोती मात्रै लगाउँदथे।

भगवान श्रीकृष्णको प्रेरणाले उनले ५ दर्जन ‘गोपिनी’ भित्राएका हुन् अरे । तर कृष्णले जस्तै शोषित पीडित महिलाको उद्धार गरी आफूले पत्नी बनाएको दाबी उनको थियो। आफ्नो शरणमा आउने हरेक महिलालाई आफूले सधैं साथ दिएको र अर्धांगिनी बनाएर राखेको उनको भनाइ थियो।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..