बिहेको ७ घण्टामै बेहुलीले जन्माइन बच्चा, ससुरा बेहोस बेहुलाको उड्यो होस

धुमधामसँग बिहे गरेर ल्याइएकी बेहुलीले घरमा भित्रिनासाथ बच्चा जन्माएपछि पूरै गाउँमा हंगामा भएको छ । घटनाबारे जानकारी पाउनासाथ बेहुलीका ससुरा बेहोस भएका छन् । बेहुलाले तत्कालै प्रहरी चौकी गइ ससुराली पक्षविरुद्ध उजुरी दिएका छन् । अहिले प्रहरीले बेहुलीका मातापिताविरुद्ध धोकाधडीको मुद्दा दायर गरी अनुसन्धान अगाडि बढाएको छ ।

गत मंगलबार विवाह भएको थियो । पूरै रितिरिवाजका साथ विवाह गरी घरमा बेहुली भित्र्याइएको थियो । विवाह गरेर बेहुली घरमा ल्याएपछि उनको स्वास्थ्य केही बेरमै बिग्रियो । विवाहमा आएका महिलाहरुले उनलाई हेर्दा उनीहरु चकित परे । बेहुलीलाई बच्चा जन्माउने व्यथा लागेको थियो । केही समयमै बेहुलीले घरमै बच्चा जन्माइन । यो खबर पाउनासाथ बेहुलाका काका बेहोस भए । बेहुलाको पनि होसहवास उड्यो । भारतको उत्तर प्रदेश राज्यको कानपुरको सफीपुरमा घटना भएको हो ।

यहाँका बिमलेश नामका युवकले विवाह गरेर ल्याएकी बेहुलीले बच्चा जन्माएकी हुन् । घरमा हल्लाखल्ला भएपछि बेहुला कमलेशले प्रहरीमा उजुरी दिएका छन् । बिमलेशले आफूले बेहुलीलाई कुनै हालतमा राख्न नसक्ने बताउँदै ससुरालीलाई तत्काल छोरी लिएर जान भनेका छन् । बेहुलीले बच्चाको वास्तविक पिताको नाम रिंकु बताएकी छिन् । बिमलेशका मातापिताको मृत्यु भइसकेको छ । उनलाई उनका काकाकाकीले पालेका हुन् । बेहुलीले आफूलाई कमलेशले राख्न चाहे आफू उनीसँग रहन तयार रहेको नभए मातापिताले जे भन्छन् त्यही गर्ने बताएकी छिन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..