त्रिशुली नदीमा यात्रु बस खस्यो, २३ जनाको उद्धार बाँकीको खोजी जारी

चितवन । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो ।

अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार जारी रहेको प्रहरी नायव उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिनुभयो । रासस

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..