१३ हजार २ सय ७५ वर्ष जेल सजाय, यस्तो रहेछ अपराध

थाइल्याण्डमा एउटा अदालतले धोकाधडी गरेको आरोपमा एकजना व्यक्तिलाई १३ हजार २ सय ७५ वर्ष जेल सजायको फैसला सुनाएको छ।

३४ वर्षका पुडित कितिथार्दिकलोकले पोंजी स्कीम चलाएको कुरा स्वीकार गरे । यो पोंजी स्कीममा उनले ठुलो आर्थिक मुनाफा दिने बाचा गरेका थिए । झुठो बाचाको प्रलोभनमा उनी ४० हजार जनालाई लगानी गराउन राजी भएका थिए । यसक्रममा उनले आफ्नो कम्पनीका लागि १६ करोड डलर रकम जुटाएका थिए ।

अदालतले उनलाई अवैध कर्जा दिन लिप्त र हजारौ नागरिकका साथ धोकाधडी गरेको आरोपमा दोषी ठहर गरेको हो । धन्न उनले आफ्नो अपराध स्वीकार गरे र उनीमाथिको सजाय आधा भयो । यद्यपि थाइल्याण्डको कानुनअनुसार उनी २० वर्षभन्दा बढी जेलमा बस्नुपर्ने छैन । उनलाई जुन दुई वटा अपराधमा दोषी पायो त्यसमा १०–१० वर्ष जेल सजायको प्रावधान छ ।

अभियोजकका अनुसार पुडितले लगानीकर्ताको विश्वास जित्नका लागि सेमिनार आयोजना गर्दथे । उनी दावी गर्दथे कि उनको व्यापार प्रोपर्टी, ब्युटी, पुराना कारको खरिदविक्री र अन्य कुरासँग सम्बन्धित छ। बैंकक पोष्टका अनुसार आरोपीले लगानीकर्तालाई धेरै आम्दानीका साथ फाइदामा हिस्सेदार बनाउने प्रलोभन दिने गरेका थिए।

अगस्तमा पक्राउ गरिएपछि पुडितलाई प्रहरीले हिरासतमा राखेको थियो। अदालतले उनलाई धरौटीमा मुक्त गर्न अस्वीकार गरेको थियो । अदालतलाई उनको दुई वटा कम्पनीका बारेमा जानकारी थियो ।पुडित र उनको कम्पनीहरुलाई करिब १.७ करोड डलर भुक्तानी गर्न पनि आदेश दिएको छ । त्यो रकम पहिचान गरिएका २ हजार ६ सय ५३ जना पीडितको रकम फिर्ता गरिनेछ । यो रकम ७.५ प्रतिशत ब्याजसहित फिर्ता गर्न भनिएको छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..