छापा विदेशमा बसीबसी तामाकोसीको सेयर भर्न पाइने

काठमाडौ । विदेशमा बस्ने दोलखावासी नेपाली नागरिकले माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा अनलाइबाट सेयर आवेदन भर्न पाउने भएका छन्।

बिक्री प्रबन्धक नागरिक लगानी कोेष र सहायक प्रबन्धक सनराइज क्यापिटल तथा माथिल्लो तामाकोसी आयोजनाको बेबसाइटमार्फत सेयर आवेदन फाराम डाउनलोड गरी भर्न सक्ने व्यवस्था मिलाईने आयोजनाले जनाएको खबर राजधानी दैनिकमा छ।

विदेशमा रहेका दोलखाबालीले अनलाईन फाराम भरी पठाउने र परिवारका सदस्यले सो फाराम संकलन केन्द्रमा बुझाई रकम जम्मा गरेपछि लगानी सुनिश्चित हुनेछ।

बिक्री प्रबन्धक कम्पनीकाले सेयर निष्कासन सुरु हुनु अगावै फाराम वेवसाइडमा राख्ने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए। राजधानीमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..