जिम्बाबेमा राष्ट्रपतीय निर्वाचन, मुगाबे किन उत्रिए आफ्नै पार्टीका उम्मेदवारविरुद्ध ?

जिम्बाबे । जिम्बाबेमा नयाँ राष्ट्रपति चयनको लागि निर्वाचन गरिने भएको छ । नयाँ राष्ट्रपति चयनका लागि आज हुन लागेको हो ।

यसैबीचमा पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो दलले अघि सारेका उम्मेदवारलाई समर्थन गर्न नसक्ने बताएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा ९४ वर्षीय मुगाबेले आफूलाई राष्ट्रपतिबाट हटाउने नेता वर्तमान राष्ट्रपति एमर्सन नान्गागावालाई समर्थन गर्न नसक्ने स्पष्ट पारेका हुन् ।

नान्गागावाको मुख्य प्रतिस्पर्धीका रुपमा विपक्षी दलका नेता नेल्सन चमिया मैदानमा उत्रिएका छन् ।पूर्वराष्ट्रपति मुगावेले राष्ट्रपतिमा उम्मेदवार भएकाहरु कसैलाई पनि समर्थन गर्न नसकिने भए पनि विपक्षी दलका नेता नेल्सन चमियालाई भने शुभेच्छा व्यक्त गरेका छन् ।

मुगावेले लामो समयदेखि आफ्नो सहयोगीका रुपमा रहेका तथा वर्तमान राष्ट्रपति एमर्सन नान्गागावाको विपक्षमा उभिनुलाई आश्चर्यका रुपमा हेरिएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..