रोमान्टिक रिलेशनशीप सुरु गर्नुअघि यो दश प्रश्न अवश्य सोध्नुस्

आजकलका युवाहरु जति चाँडो कुनै सम्बध कायम गर्न रुचाउँछन्, त्यति नै चाँडो सम्बन्धमा थोरै दरार उत्पन्न हुने बित्तिकै दूरी पनि कायम गर्ने गर्दछन्।

वर्तमान समय आफ्नो मनको कुरा व्यक्त गर्नका लागि एउटा फोनको दूरी छ । तर यदि तपाई स्वयमसँग र आफ्नो पार्टनरसँग दश प्रश्न सोध्नु भयो भने त्यसबाट तपाईको भविष्य पनि खराब हुने छैन र तपाईको समय पनि बचत हुनेछ ।

सम्बन्ध विच्छेदसम्बन्धी विषयमा विशेषज्ञता हासिल गरेकी कानुन व्यवसायी बैरोनेस फियोना शेक्लेटन र एक्सेटर विश्वविद्यालयका शिक्षाविदहरुको एउटा समूहका अनुसार सम्बन्धमा बाँधिने जोडी गम्भीर सम्बनध कायम गर्नुअघि नै एकअर्कासँग केही प्रश्न सोध्नु जरुरी छ । यसबाट उनीहरुको सम्बन्ध सुधार गर्न सहयोग पुग्नेछ ।

सर्वेक्षणका अनुसार सफल जोडी, पारिवारिक वकिल र सम्झौता गराउनेहरुका अनुसार जुन सम्बन्धमा मित्रता, सम्मान हुन्छ र जो आफ्नो बारेमा सबै कुरा शेयर गर्दछन्, त्यस्ता जोडीको सम्बन्ध लामो समयसम्म टिक्ने गर्दछ ।

शेक्लेटन जसले पल मैककार्टनीजस्ता कयौ स्टारका प्रतिनिधित्व गरेका छन्, उनी भन्छिन् कि सम्बन्धको सुरुवाती चरणमै यदि सही प्रश्न सोधियो भने भविष्यमा हुने टाउको दुखाईबाट बच्न सकिन्छ ।

शेक्लेटन एउटी वकिलका रुपमा ४० भन्दा बढी सम्बन्ध विच्छेद गराइसकेकी छन् । उनी भन्छिन् कि सम्बन्ध विच्छेदका लागि आउने ५० प्रतिशतभन्दा बढी मानिस मसँग आफ्नो सम्बन्धमा भएको गडबडीका बारेमा बताउँछन् । उनीहरुको बुझाई हुन्छ कि उनीहरुको आफ्नो पार्टनरसँग मिलाप बनिरहेको छैन । यसका लागि यो पनि भन्न सकिन्छ कि निष्कर्षसम्म पुग्नका लागि यसलाई राम्रो समय मान्न सकिन्न ।

शेक्लेटन भन्छिन् कि उनीहरुको नजरमा लामो रिलेशनसीपतब सफल हुन्छ जब दुवै पार्टनरलाई थाहा होस् कि हैप्पी रिलेशनशीप कसरी बन्न सक्दछ । र, कतिपय अवस्थामा यो सबै परिवारजनको रेखेदख वा आमाबाबुको सम्बन्धबाट पनि सिक्न सकिन्छ।

असल मित्र नै असल पार्टनर

शोधकर्ताहरुले ४३ जनाको अन्तर्वार्ता लिए, जसको विवाह भएको दश वर्ष भइसकेको थियो वा जो अहिले अलग भइसकेका थिए । अन्य समलैंगिक र विषमलैंगिक दश जोडीलाई पनि समावेश गरिएको थियो, जो कम्तीमा पनि १५ वर्षसम्म एक साथ रहेका थिए। अध्ययनपछि तल दिइएको प्रश्न आयो, जसलाई हरेक सम्बन्धको सुरुवात गर्नुअघि सोध्नु जरुरी छः

१. के हामी समान छौं ?

सर्वेका अनुसार अधिकांश सफल जोडी आफ्नो सम्बन्धको सुरुवात मित्रताबाट गर्दछन् र विस्तारै विस्तारै दुवैबीच घनिष्ट सम्बन्ध कायम हुन थाल्दछ। त्यसैले सोधकर्ताहरुले मानेका छन् कि सम्बन्धको सुरुवात गनुएअघि दुवै पार्टनरले सोध्नु पर्दछ कि के उनीहरुको सम्बन्ध मित्रतामा आधारित सम्बन्ध जस्तै छ।

२. के हाम्रो मित्रता निकै गहिरो छ ?

विशेषज्ञहरुको भनाइ छ कि राम्रो मित्रता भएको खण्डमा कयौ प्रकारका समस्याहरु पनि सजिलैसँग कम गर्न सकिन्छ । अध्ययनबाट यो कुरा पनि थाहा भयो कि जुन जोडी पछि अलग हुन्छ, उनीहरुबीच मित्रताको सम्बन्ध पनि कम थियो।

३. के हामी एकैजस्ता कुरा चाहन्छौ ?

अध्ययनका अनुसार जुन जोडीको सम्बन्ध सबैका लागि कायम रहन्छ, उनीहरु एकअर्कासँग सम्बन्धको मूल्य, सम्बन्धको आशा, आफ्नो सपना, आफ्नो अपेक्षाहरु आदि कुराहरु शेयर गर्दछन् ।

४. के हाम्रा अपेक्षाहरु उचित छन् ?

अध्ययनमा विशेषज्ञहरुले पाए कि सफल जोडीहरुबीच विवाह र उनीहरुको सम्बन्धलाई लिएर उचित अपेक्षाहरु थिए । उनीहरुलाई थाहा थियो कि सम्बन्ध सञ्चालन गर्नु सहज हुने छैन, जसका लागि उनीहरु कडा मेहनत गर्न पनि तयार थिए ।

५. के हामी पार्टनरलाई आफूलाईभन्दा श्रेष्ठ ठान्दछौ ?

विशेषज्ञहरुका अनुसार सम्बन्धमा सहानुभूति राख्नु राम्रो कुरा हो । र, उनीहरुको यसो पनि भन्नु छ कि दयाभाव हुँदा शायद प्रेम हुन समय लागोस् तर जब यो हुनेछ तब दुवैले नै एकअर्कालाई स्वयमभन्दा उत्कृष्ट सम्झने छन् र आवश्यकता परेको खण्डमा एकअर्काका लागि जेसुकै गर्न तयार हुनेछन्।

६. के हामी सम्बन्ध कायमै राख्न केही गर्दछौ ?

जसको सम्बन्ध लामो समयदेखि चलिरहेको छ, ती जोडीहरुले बताए कि उनीहरु दुवै जति हुन सक्दछ, दिनहुँ ससाना काम र रितिरिवाजमा एकअर्काको सहयोग गर्दछन् ।

७. समस्याका विषयमा छलफल

यो निकै आवश्यक छ कि पूरा दिनमा तपाईसँग त्यति समय होस् कि दिनभरका आवश्यक विषयमा वा कुनै गम्भीर समस्याका बारेका कुरा गर्न सकियोस् ताकि सम्बन्धलाई अरु गाढा बनाउन सकियोस् ।

८. कठिन समयमा काम गर्न प्रतिवद्ध

स्थायी सम्बन्ध राख्नका लागि जोडीहरुमा यति क्षमता हुनु पर्दछ कि उनीहरु समयका साथ हुने परिवर्तनहरुका साथ अनुकुल रहन सकुन् । जब कठिन समयमा उनीहरु एकसाथ रहन्छन् तब उनीहरु अक्सर आफ्नो सम्बन्धलाई अझ बलियो बनाउने कुरा गर्दछन्।

९. आफ्नो मागमा काबु राख्न सक्नु

शोधकर्ताहरुले पाए कि जीवनमा जब प्रेम गुम्ने त्रास, लभ अफेयर, खराब आर्थिक स्थिति आदि जस्ता दबाव पर्दछ तब कयौ इच्छाहरुलाई मार्नु पर्दछ । तर आफ्नो इच्छाहरुमा काबु पाउनु नै सम्बन्धको जित हो र यो सबै सम्बन्धका लागि हुन जरुरी पनि छ।

१०. अरुका सामु एकअर्कालाई साथ दिनु

सबै चाहन्छन् कि जसलाई हामी मन पराउँछौ र जसका साथ हामीले जीवन बिताउने निर्णय गरेका छौ, यसलाई हाम्रो परिवार र साथीहरुले पनि मन पराउन् । विशेषज्ञहरुका अनुसार यदि जोडीहरुले परिवार र साथीहरुको साथ पाए भने त्यस्ता जोडीको सम्बन्ध अझ बलियो हुने गर्दछ । तपाई पनि यो सबै प्रश्न थाहा पाएपछि तय गर्नुस ्कि तपाई आफ्नो सम्बन्धमा आशा देखिरहनु भएको छ वा छैन । बीबीसी हिन्दीबाट भावअनुवाद

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..