जागिर खोज्ने यस्तो पो तरिका, गुगलसहित २ सय कम्पनीमा आयो बोलावट

क्यालिफोर्निया । अमेरिकाको सिलिकन भ्यालीमा जागिर नपाएर निराश बनेका एक जना वेभ डेभलपरले काम खोज्ने एउटा छुट्टै तरिका अपनाए।

उनले सडकमा आफ्नो बायोडाटा बाँड्न सुरु गरे । मानिसहरुले मगन्ते नठानुन् भेर उनले एउटा पोस्टर शरीरमा लगाए, जसमा लेखिएको थियो–‘बेघर तर सफताको भोको । कृपया बायोडाटा लिनुहोला ।

एक जना महिलाले उनको बायोडाटाका साथमा उनको तस्वीर ट्वीटरमा पोस्ट गरिन् जुन भाइरल बन्यो। त्यसपछि गुगल, नेटफ्लिक्स र लिंक्डइनसहित करिब २ सय बढी कम्पनीबाट उनलाई फोन आयो ।

जागिर खोज्दाखोज्दा डेविड कैसारेजसँग पैसा सकिएको थियो । उनी घर जान चाहन्नथे । तर उनले हार मानेनन् । उनले सिलिकन भ्यालीको गल्लीमा बायोडाटा बाँड्दै गरेको जैसमिन स्काफिल्ड नामकी एक महिलाले देखिन् । ट्वीटरका उनको पोस्ट आएपछि डेविडलाई रोजगारी दिलाउनका लागि केही मानिसले ‘गेट डेविड अब जब’ (डेविडलाई रोजगारी दिलाऔं) हैशटैग सुरु गरिदिए । डेविडलाई रोजगारी दिनका लागि कयौले जैसमिनसँग पनि सम्पर्क गरे । तर अब उनको भनाइ छ कि डेविडलाई अब धेरै अफर आइसक्यो ।

डेविडले टेक्सासको एउटा युनिभर्सिटीबाट म्यानेजमेन्टमा डिग्री हासिल गरेका छन् । उनले सन् २०१४ देखि २०१७ सम्म जनरल मोटर्सका साथ काम पनि गरे । तर उनलाई त्यहाँबाट निकालियो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..