रक्सीको तालमा शिक्षिकाले आफ्नै विद्यार्थीसँग बनाइन यौन सम्बन्ध

एजेन्सी। लण्डनमा एक २८ वर्षकी शिक्षिकालाई आफ्नै विद्यार्थीसँग शारीरिक सम्बन्ध बनाएको आरोपमा पक्राउ गरिएको छ । शिक्षकका ३३ वर्षका पतिमाथि पनि किशोरलाई रक्सी पिलाएको आरोप छ । यो मुद्दामा महिला शिक्षिकालाई ५ वर्षसम्म जेल सजाय हुन सक्छ । अदालतले महिला शिक्षिकाको पृष्ठभूमि रिपोर्ट मागेको छ ।

महिला शिक्षिका जेसिकाले प्रहरीसामु आफ्नो गल्ती स्वीकार गर्दै आफूले १८ वर्षका एक किशोरसँग शारीरिक सम्बन्ध बनाएको स्वीकार गरेकी छिन् । जेसिकाका पति डेरिकले पनि ती किशोरसँग रक्सी पिएको स्वीकार गरेका छन् । जेसिकाले त्यतिबेला आफू नशामा भएको बताएकी छिन् । विद्यार्थीलाई रक्सी पिलाएको अपराधमा जेसिकाका पतिलाई ६ महिनाको जेल सजाय हुन सक्छ । जेसिकाका अनुसार उनले आफ्ना एक विद्यार्थीलाई आफ्ना पनि घरमै हुँदा बोलाएकी थिइन् । राती उनीहरुले रक्सी पिए र बिहान उनले विद्यार्थीसँग यौन सम्बनध बनाएकी थिइन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..