‘मेरी मामु’ प्रतियोगिता :बिजेतालाई थाईल्याण्ड टुर

आसुसेन फिल्मसले आफनो चौथो चलचित्रको रिलिज अगाडी एकपटक आफ्नो मामुसंग थाईल्याण्ड टुर जाऔ शिर्षकमा एउटा प्रतियोगिताको आयोजना गर्ने भएको छ । बालमनोविज्ञानमा आधारीत रहेर आमा र छोरा विचको दुरी र सामिप्यताको गहिराई केलाएर काठमाण्डु देखी देवघाट् सम्मको टुरमा मामु छोरा को सामिप्य र उत्तरचडाप संगै तयार पारिएको मेरी मामु चलचित्र मार्फत आफ्नो मामु संग थाईल्याण्ड सम्म को यात्रामा बिभिन्न किसीमको अनुभवहरु संगालनुहोस अझ धेरै सामिप्यता बढाउनुहोस्।

तोकिएको फर्म्याटमा आफ्नो मामुको बारेमा लेख्नुहोस भनिएको छ । सो फर्म अनुसार प्रतियोगिहरुले आफ्नो आमाको बारेमा मनछुने बाक्यांश लेख्नु पर्ने छ । सहभागीहरुले फर्ममा उल्लेख गरे अनुसार आ-आफ्नो जानकारी सहित २५० शब्दमा नबढाई बाक्यांश लेखेर स्कुल स्कुलमा राखिएको संकलन बक्समा खसाल्नु पर्ने छ । अथवा सिधै आसुसेन फिल्म् मा पठाउनुपर्नेछ ।सहभागीहरुको माझमा चलचित्रका मुख्य कलाकार आयुब सेनले उत्कृष्ट ठहरिने पॉचजना मामु बाबु,नानीलाई विजेता घोषित गर्नेछन र यसको जानकारी सम्बन्धित मुडिया,मेरी मामु र आशुसेन फिल्मसको फेशबुक लाईभ् द्धारा जनकारी गराईने छ ।

विजेतालाई फोन सम्पर्क पनि गरिनेछ र विजेता स्वयं आशुसेनको कार्यालयमा आई उपहार संकलन गर्न सक्नेछन । प्रतियोगितामा कक्षा १ देखी १० सम्मका भाईबहिनिहरुले भाग लिन सक्नेछन । विजेता पॉचजना आमा छोरा या छोरीलाई थाईल्याण्डको भ्रमण गराईने जानकारी निर्माता सन्तोष सेनले बताएका छन । चलचित्र आगामी भाद्र १५ गते रिलिज गरिनेछ । विस्तृत जानकारीको लागी तल दिईएको लिंक वा तस्विरमा हेर्नुहोला ।

 

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..