गोली लागेका भनिएका प्रहरीको एक्सरेमा केही नभेटिँदा‍…

काठमाडौ । डा. गोविन्द केसी जुम्लामा अनशन बसेको २०औँ दिन अर्थात् साउन ३ गते मध्याह्न। देशभरका सञ्चारमाध्यमबाट करिब एकै समयमा, एकै किसिमको ‘ब्रेकिङ न्युज’ सार्वजनिक भयो, जुम्लामा केसीको पक्षधर प्रहरीबीचको झडपमा गोली लागी एक प्रहरीको मृत्यु।

त्यो खबर एक कान, दुई कान हुँदै सबैतिर फैलियो। उक्त समाचारका विषयमा प्रहरी प्रधान कार्यालयले पछि आफ्ना जवानको छातीमा चिर्पट लागेको र सिसाका टुक्रा गढेको भन्दै विज्ञप्ति नै जारी गर्‍यो।

यद्यपि सोही दिन दिउँसो जुम्ला प्रहरी प्रमुख डीएसपी तपनकुमार दाहालले प्रहरी जवानको ज्यान गएको ‘माइकिङ’ गरेका थिए। काठमाडौं मनमोहन भास्कुलर ट्रन्सप्लान्ट सेन्टरका चिकित्सक त्यतिबेला अचम्ममा परे, घाइते र चिन्ताजनक अवस्थामा रहेका भनिएका प्रहरी जवान कमल आचार्यलाई सामान्य अवस्थामा भेटे।

तत्काल आचार्यको छातीको एक्सरे गरे। त्यहाँ उनीहरूले न त सिसाका टुक्रा नै देखे, न चिर्पटको दाग। अनि उनीहरूलाई लाग्यो– यो सबै प्रोपागान्डा पो रहेछ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..