भविष्य बताउने नाममा महिला बलात्कार गर्ने तिवारी प्रहरीको फन्दामा

काठमाडौं । कैलालीमा महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा टिकापुर नगरपालिका(१ बस्ने ३६ वर्षीय तिर्थराज तिवारीलाई प्रहरीले पक्राउ गरेको छ ।

तिवारीले साउन ११ गते घोडाघोडी नगरपालिका(२ घर भई हाल टिकापुर नगरपालिका(२ मा बस्दै गरेकी ३४ वर्षीया महिलालाई जोतिष हेर्ने बहाना बनाई जवरजस्ती करणी गरेको बताइएको छ । सोही दिनदेखि भागी फरार भएका तिवारीलाई प्रहरीले उनकै घरमा बसिरहेको अबस्थामा मंगलबार फेला पारी पक्राउ गरेको हो ।

यस्तै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका(७ नगदेश बस्ने धादिङ फेदी घर भएकी १८ वर्षीया युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा काभ्रे तिमाल गाउँपालिका(३ घर भई हाल सूर्यबिनायक नगरपालिका(८ सिपाडोल बस्ने २४ वर्षीय जमान तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

रोल्पाको गंगादेव गाउँपालिका(५ फुलवास बस्ने ६२ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५२ वर्षीय असे घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

साउन १३ गते माईतीघर कालाभिरबाट फर्कने क्रममा मादक पदार्थ सेवन गरी बाटोमा सुतिरहेको अवस्थामा ती महिलालाई घर्तीले जवरजस्ती करणी गरेको खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..