प्रस्ताविक प्रधानन्यायाधीशकारे आज पनि निर्णय हुन सकेन, बैठक स्थगित

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीशमा दीपकराज जोशीको संसदीय सुनुवाइबाट नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय आज पनि हुन सकेन । संसदीय सुनुवाइ समितिका संयोजक लक्ष्मणलाल कर्णले सहमति जुटाउनका लागि थप छलफल गर्नुपर्ने भएकाले शुक्रबार बिहान १० बजे बस्नेगरी बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।

यसअघि समितिको एउटा बैठक नेकपा र अर्को एउटा नेपाली काँग्रेसका कारण स्थगित गर्नुपरेको जानकारी दिँदै सुवेदीले जोशीका बारेमा केही अध्ययन गर्न बाँकी रहेका कारण बैठक लम्बिएको बताउनुभयो । प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा २०६३ को अन्तरिम संविधान लागु भएदेखि सुरु भएको संसदीय सुनुवाईमध्ये यो नै हालसम्मको लामो सुनुवाइ प्रक्रिया भएको छ ।

यसअघि सुनुवाइ समितिले सुनुवाइ समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने परम्परा थियो । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश रहेका जोशीको एसएलसीको प्रमाणपत्र, उहाँले गरेका फैसला र आदेशबारे संसदीय सुनुवाइ समितिमा सत्ताधारी दल नेकपाले प्रश्न गर्दै अनुमोदन गर्ननहुने अडान लिँदै आएको छ ।

प्रमुख विपक्षी दल नेपालीकाँग्रेसका सांसद्ले प्रधानमन्त्री, सभामुखलगायत सदस्य रहेको संवैधानिक परिषद्ले जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेकाले अनुमोदन नगर्दा राम्रो सन्देश नजाने तर्क गर्दै आएको छ । १५ सदस्यीय सुनुवाइ समितिमा नेकपाका ९ सांसद छन् । दुइ तिहाइ सदस्यले प्रस्तावित नाम अस्वीकार गर्न सक्छ । संघीय समाजवादी फोरम जोड्दा समितिमा सत्तापक्षको दुइ तिहाइ बहुमत पुग्छ । समितिमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका ४ सांसद छन्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..