मृत्यु भएको १० दिनपछि हुँदै थियो महिलाको अन्त्येष्टिको तयारी, कफन खोज्दा बने सबै अचम्मित

एजेन्सी । मृत्यु भएको १० दिनपछि भर्गवती महिलाको अन्त्येष्टिको तयारी गरिएको थियो। मलामीका लागि धेरै जना मानिस मृतकको घरमा पुगेका थिए। शवगृहका कर्मचारी त्यहाँ उपस्थित थिए।

अन्त्येष्टिका लागि लैजाने क्रममा जब महिलाको शव राखिएको कफन खोलियो, तब त्यहाँ जम्मा भएका सबै जना अचम्ममा परे ।

यो घटना दक्षिण अफ्रिकास्थित एक गाउँको हो। अन्त्येष्टिका लागि महिलाको शव लग्दै गर्दा शवगृहका कर्मचारीहरुले मृतक महिलाको शव राखिएको कफन खोल्दा झसँग भए। कफनभित्र मृतक महिलाको शव त थियो नै, तर शवसँगै उनले जन्माएको नवजात शिशु पनि थियो।

३३ वर्षकी नामभेलिसो नामासोन्तो म्योदी नामकी ती महिला ९ महिनाकी गर्भवती भएका बेला उनको मृत्यु भयो। आमाको मृत्यु भएपछि पेटको बच्चा पनि मरेको भन्ने सबैको अनुमान भयो । त्यसैले उनको अन्त्येष्टिको तयारी गरियो र पार्थिव सरीर परिवारलाई सुम्पिइयो।

अन्त्येष्टिका क्रममा कफन खोलेर हेर्दा जब महिलाको मृतक सरीरसँगै ती महिलाले जन्माएको शिशु देख्दा त शवघरका कर्मचारीहरु अचम्ममा परे।

महिलाको मृत्यु भैसकेपछि उनको शवलाई शवगृहमा राखिएको बेला उनको पेटमा रहेको बच्चा कफिनभित्रै आफै जन्मिए। यद्यपि शवगृह भित्रको चिसोका कारण बालक धेरै समय बाच्न पाएनन्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..