३८ वर्षको अधबैंसेले ११ वर्षीया बालिकालाई बनाए श्रीमती, त्यसपछिको कहानी आफैं पढ्नुस्

स‌ा‌केतिक तस्विर

एजेन्सी। ११ वर्षीया बालिकाले आमासँग जिज्ञासु हुँदै सोधिन्, ‘विवाहपछि म कसरी स्कुल जानू?’ आमाले भनिन्, ‘अमीरा तिम्रा श्रीमानले तिमीलाई स्कुल पठाउनु हुन्छ।’ फेरि बालिकाले आमालाई सोधिन्, ‘म आमा र आफ्नो परिवार विना अर्काको घरमा कसरी बस्न सक्छु?’ आमाले भनिन्, ‘छोरी मान्छेले एक दिन न एक दिन त विवाह गरेर अर्कैको घर जानुपर्छ।’ यो सुन्ने वित्तिकै ११ वर्षीया बालिको मन डरले काम्न थाल्यो।

बेहुलीका रुपमा तयार बालिका रुँदै आमाको काखमा बसिन् र भनिन्, ‘आमा म विवाह गर्दिन।’ आमाले बालिकालाई सम्झाउँदै कम उमेरमा विवाह गर्नु आफूहरुको परम्परा भएको सुनाइन्।

यी बालिकाको विवाह ३८ वर्षका अधबैंसे एक व्यक्तिसँग हुन गइरहेको थियो। बालिकाले आफ्नो बेहुलालाई देखिन्, बालिका झन डराइन्। उनी आमाको काखमा टासिँदै रुन थालिन्। तर बालिकाको विवाह भएरै छाड्यो।

विवाहपछि उनी श्रीमानको घर गइन्। नयाँ घरमा उनको भेट एक युवतीसँग भयो। जसले ती बालिकाको हेरचाह गर्न थालिन्। केही दिनपछि ती बालिकालाई थाहा लाग्यो की आफ्नो हेरचाह गर्ने युवती त श्रीमानकी पहिली श्रीमती रहिछन्। उनको पनि सानै उमेरमा विवाह भएको रहेछ। ११ वर्षीया बालिकामाथि ज्याजतीको सिलसिला सुरु भइसकेको थियो। उनीमाथि यौन शोषण सुरु भयो। उनी त्यसको  विरोध गर्थिन्, रुन्थिन, चिच्याउँथिन् तर उनीमाथि झन शोषण हुन थाल्यो। पछि उनी सो घरमा यौन दाशीका रुपमा बस्न थालिन्।

उनले आमा बुवालाई आफ्नो अवस्था र आफूमाथि हुने शोषणका विषयमा गुनासो गर्थिन्, तर आमा बुवाले उनलाई सम्झाइ बुझाई गरेर श्रीमानको घर पठाउँथे। बालिकामाथिको शोषण झन् बढ्न थाल्यो। उनको हेरचाह गर्ने पहिलो श्रीमतीपनि उनको अवस्था देखेर डराउँथिन्।

तर केही गर्न सक्दिन थिइन्। केही समयपछि ११ वर्षीया बालिकालाई घरबाट भगाउन पहिली श्रीमतीले सहयोग गरिन्। र प्रहरीमा उजुर गर्न भनिन्। ११ वर्षीया बालिकाले पनि त्यसै गरिन्। प्रहरीले बालिकाको बुवालाई चौकीमा बोलायो। बच्ची आफ्ना श्रीमानसँग सम्बन्ध विच्छेद गरेर फेरि स्कुल जान चाहन्छिन्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..