दिनमा सामाजिक सञ्जाल कति समय चलाउने ? यस्तो टुल आउँदैछ अब

हाम्रो दिनको एउटा ठुलो हिस्सा सामाजिक सञ्जालमा बित्ने गरेको छ। समय पाउने बित्तिकै हामी फेसबुक र इन्स्टाग्रामजस्ता ऐप हेर्न लाग्दछौ । कतिपय अवस्थामा त घन्टौ यस्ता ऐपमा बिताउने गर्दछौ ।

सबैलाई थाहा छ कि यो समयको बर्वादी हो, तर के गर्ने यो लत छुटाउनै सकिन्न । हाम्रो दिमागी स्वास्थ्यमा पनि यसको नराम्रो असर पर्दछ।
तर, अब फेसबुक र इन्स्टाग्रामले चाँडै नै यस्तो ऐप टुल ल्याउँदैछ जुन यो मामिलामा तपाईको सहयोग गर्न सक्दछ । यो टुलको सहयोगमा तपाई यो तय गर्न सक्नु हुनेछ कि तपाई यी ऐपमा कति समय बिताउनु हुनेछ ।

प्रयोगकर्ताहरुले यो थाहा पाउन सक्ने छन् कि स्क्रोलिंगमा उनीहरुले कति समय बिताए । उनीहरुले यो पनि तय गर्न सक्ने छन् कि सामाजिक सञ्जाललाई कति समय दिनुपर्छ । जस्तै तपाईको समय सकिनेछ ऐपबाट तपाईलाई एउटा रिमाइन्डर आउनेछ, तपाई निर्धारित समयसम्म नोटिफिकेशन पनि बन्द गर्नु सक्नु हुनेछ। तर, केही मानिसका अनुसार यसबाट धेरै फाइदा हुने छैन।

अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटका ग्रान्ट ब्लैंक भन्छन्–यो एउटा क्रान्तिकारी परिवर्तन हो । यसबाट फेसबुक र इन्स्टाग्राम प्रयोग गर्नेहरुको तरिकामा निकै परिवर्तन आउने छ।

‘कम्पनीहरु आफ्नो कर्पोरेट हिट र मानिसहरुप्रतिको आफ्नो जिम्मेवारीमा सन्तुलन बनाउन चाहन्छन् । जो मानिस निरन्तर आइरहेका छन् नोटिफिकेशनबाट तनावमा पर्नेछन्, कम्पनी उनीहरुका लागि समाधान लिएर आएका छन्।’

डिसेम्बर २०१७ मा फेसबुकले एउटा ब्लग प्रकाशन गरेको थियो, जसमा उसको प्लेटफर्ममा बढी समय बिताउन पर्ने खराब असरको जिकिर गरिएको थियो।

मिशिगन विश्वविद्यालयका केही छात्राहरुलाई १० मिनेटसम्म त्यसै फेसबुक स्क्रोल गर्न भनियो जबकि केही अन्य छात्रालाई पोस्ट गर्न र साथीहरुसँग कुरा गर्न भनियो । त्यसपछि पाइयो कि साइटमा बढी सक्रिय विद्यार्थीको तुलनामा त्यसै फेसबुक स्क्रोल गर्ने विद्यार्थीहरुको मुड दिनको अन्त्यसम्म ‘निकै खराब’ भएको थियो।

केही अरु अध्ययनकबाट पनि यो कुरा पुष्टि भएको छ कि अन्यको तुलनामा लिङ्कसमा चार गुना बढी क्लिक गर्नेहरु र पोस्टलाई दुई गुना बढी लाइक गर्नेहरुको ‘दिमागी स्वास्थ्यमा अधिक खराब असर पर्दछ’।

समयको बर्बादी

२४ वर्षका लाइफस्टाइल ब्लगर तथा इन्स्टाग्रामर एम शेलडन भन्छिन्–साथीहरु र वरपरका मानिसहरुको अपडेट चेक गर्नु हाम्रो दिनचर्याको एउटा हिस्सा हो।

‘जसै म फ्री हुन्छु, सामाजिक सञ्जालमा स्क्रोलिङ गर्दछु । २४सै घण्टा म यो गर्न सक्दछु । तर मलाई लाग्छ कि सामाजिक सञ्जालको प्रयोग गर्ने समय तय गर्नु आवश्यक छ।’

नयाँ टुल आएपछि फेसबुक र इन्स्टाग्राममा उनको समय बिताउन कम हुनेछ भन्ने प्रश्नमा एम भनिछन्–म भन्न सक्दिनँ कि मलाई यसबाट केही फाइदा हुनेछ वा छैन । किनभने मलाई थाहा छ कि सामाजिक सञ्जालको धेरै प्रयोग गर्दछु ।

तर उनका अनुसार रिमाइन्डर नोटिफिकेशन केही सहयोगी सिद्ध हुन सक्नेछ। ‘रिमाइन्डर आएपछि म सोच्नेछु कि अब मैले फोन राख्नुपर्नेछ ।
‘यदि तपाईलाई नोटिफिकेशन आउँछ कि तपाई विगत ६ घण्टादेखि ऐप चलाउनु रहनु भएको छ तब मेरो दिमागले भन्ने छ कि यो निकै बढी भइसक्यो र म समय बर्बाद गरिरहेकी छु ।’

ट्वीटरमा हरेक दिन १५ घण्टा

एक डिजिटल मार्केटिङ कम्पनीका सहसंस्थापक हैरी हुगो यसलाई निकै महत्वपूर्ण परिवर्तन मान्दछन् ।

Next stop Berlin ??✈️

A post shared by Harry Hugo (@harryhugo) on

‘यो सामाजिक सञ्जाल प्लेटफर्म धेरै प्रयोग गर्ने युवाहरु मानसिक समस्याहरु सामना गरिरहेका छन् । त्यसैले यसका लागि कुनै न कुनै कदम चाल्नु आवश्यक छ।’

‘यदि उनीहरुलाई जानकारी दिइयोस् कि उनीहरु यो प्लेटफर्ममा घन्टौ बिताइरहेका छन् तब हुन सक्छ कि उनीहरु आगामी दिनमा यसो गर्नुअघि दुई पटक सोच्नेछन्।’

हैरी भन्छन् कि उनी स्वयम किशोरावस्थामा १५ देखि १६ घण्टा ट्वीटरमा समय बिताउने गर्दथे । उनले भने–‘अहिले त्यसबारेमा सोच्दा मलाई आश्चर्य लाग्ने गर्दछ’ ।

उनका अनुसार मानिसहरुले आफ्नो जिम्मेवारी स्वयम लिनुपर्नेछ । ‘उनले भने–हामी नै फोन उठाउँछौ र इन्स्टाग्राम खोल्छौ । हामी फेसबुक र अन्य सामाजिक सञ्जाल कम्पनीमाथि यसबारे सबै जिम्मेवारी थोपर्न सक्दैनौ ।’

नयाँ टुल ल्याउने फेसबुक र इन्स्टाग्रामको कदम त राम्रो छ । तर हेर्नु यो पर्नेछ कि यसको कति फाइदा मानिसहरुले प्राप्त गर्नेछन् । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..