चार वर्षीया बालिकाले स्कुटरमा सार्वजनिक रुपमा गरिरहेकी थिइन् गलत काम, तर आमा बुवाले रोकेनन्

एजेन्सी। दक्षिण भारतको केरलमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ। यतिबेला उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको छ। जुन भिडियो हेरेपछि कोच्चीको ट्रान्सपोर्ट डिपार्टमेन्टले कडा कारवाही गर्दै आरोपीलाई जरीवानासमेत गरेको छ।

केरलमा एउटा स्कुटीमा चार जना सवार थिए। उनीहरु कुनै ठाउँमा जाँदै थिए। स्कुटीमा एक महिला, पुरुष, एक चार वर्षीया बालिका र एक बच्चा थिए। अचम्मको कुरा के भने उक्त स्कुटर चार वर्षीया बालिकाले चलाइरहेकी थिइन्। र, स्कुटरको पछि बसेका आमा बुवा तमासा हेरिरहेका थिए।

स्कुटीसँगै सडकमा हिँडिरहेका एक व्यक्तिले चार वर्षीया बालिकाले स्कुटर चलाएको भिडियो बनाए। चार वर्षीया बालिकाले स्कुटरको ह्याण्डिल समाएकी थिइन् भने पछि बसेका आमा बुवाले अर्का बालकलाई समाएका थिए। भिडियो भाइरल भएपछि ती आमा बुवाको सामाजिक संजालमा चर्को आलोचना भएको छ। उनीहरु आमा बुवाले यस्तो लापरवाही कसरी हुन दिएका हुन् भनेर आलोचना गरेका छन्।

चार वर्षीया बालिकाले स्कुटर चलाएपनि कुनै दर्घटना भने भएन। यो भिडियो सार्वजनिक भएपछि कोच्ची परिवहन विभागले बालिकाको पिताको सवारी चालक अनुमतिपत्र रद्द गरिदिएको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..