‘छक्का पन्जा ३’ को ‘पहिलो नम्बरमा’ युट्युव ट्रेन्डिङ एकमा

‘छक्का पन्जा ३’को गीत ‘पहिलो नम्बरमा’ युटुबको नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा पर्न सफल भएको छ ।सार्वजनिक भएको ५ दिनमै गीतले २० लाख भ्युज पाएको छ । गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई आकर्षक लोकेशनमा खिचिएको छ । लोकलयको यो गीतमा दीपक शर्माको संगीत छ । विन्दु परियार र डेभिड शंकरको स्वर रहेको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।

यो गीतमा चलचित्रका सबै कलाकारलाई देख्न सकिन्छ । मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङलाई गीतमा देख्न सकिन्छ । साथमा, चलचित्रमा विशेष भूमिकामा रहेका नायिका स्वस्तिमा खड्का र बर्षा राउतको साथमा निर्देशक दीपाश्री निरौलालाई पनि यो गीतको भिडियोमा हेर्न सकिन्छ ।

दशैमा रिलिज हुन लागेको यो चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी छिन भने दिपाश्री र दीपकको लगानी छ ।गीतको भिडियो र अडियो उत्कृष्ट छ । यसले अघिल्ला चलचित्र ‘छक्का पन्जा र छक्का पन्जा २’को जस्तै चर्चा पाउने कुरामा यसको निर्माणपक्ष ढुक्क छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..